fbpx

दसैं तिहारका लागि व्यापारिक कम्पनीका अफरै अफर

सवीन घिमिरे
विराटनगर, १६ असोज । गोल्डस्टार शुजले घटस्थापनाको दिनदेखि कुनैपनि गोल्डस्टारको आधिकारिक शोरुमबट जुत्ता किन्दा भाग्यशाली पुरस्कार योजना राखेको छ । जसमा विक्रेताहरूले थाइल्याण्ड भ्रमण, एलईडी टिभी, स्मार्ट फोनलगायतका उपहारहरू जित्न सक्छन् ।

ड्याटसन कारले चाडपर्व हट डीलअन्तर्गत विभिन्न पुरस्कार योजना ल्याएको छ । ड्याटसनको कुनैपनि मोडेलको कारको खरिदमा ५० हजारसम्मको फेस्टिभ छुटका साथै १ लाख २५ हजारसम्मको क्यास डिस्काउण्ट दिएको छ । त्यसका साथै १० भाग्यशाली जोडीहरूलाई थाइल्याण्ड भ्रमण, ५ जना भाग्यशाली विजेतालाई १० ग्राम वराबरको सुनको सिक्का, प्रत्येक बुकिङ्गको लागि एम आइ ८ लाइट फोन, रु ९९ हजार बराबरको सामान, निःशुल्क १ वर्षको कार इन्सुरेन्स जस्ता अफरहरू दिएको छ । अफोर्ड नेपालले सिधै क्यास, नो वकवास अफर ल्याएको छ । यो दसैंमा फोर्ड फिगो न्यूनतम २४ लाख ९९ हजारदेखि ग्राहकले खरिद गर्न सक्ने छन् ।

निशान कारको कुनैपनि नया मोडलको कारको खरिदमा एकमुस्ठ ५ लाखसम्मको छुट र ३ लाखसम्मको फेस्टिभ ड्राइभ डिस्काउण्ट दिने भएको छ । यसबाहेक १० भाग्यशाली जोडीलाई मलेसिया भ्रमण, ५ भाग्यशाली विजेतालाई १० ग्राम बराबरको सुनको सिक्का, ९५ हजारसम्मको निःशुल्क सामान, १ वर्षको रोड ट्याक्स क्लियरेन्स, फ्री सर्भिसिङ र ३ वर्षको वारेन्टीजस्ता अफरहरू दिएको छ ।

भेस्पा–अप्रिलियाले फेस्टिभ थ्रिलअन्तर्गत प्रत्येक हप्ता एक भाग्यशाली विजेतालाई अन्नपुर्ण बेश क्याम्प हेलिकप्टर टुरका साथै ५००० देखि १ लाख सम्मको इन्स्ट्याण्ट क्यास डिस्काउण्टको अफर दिएको छ । यसका साथै १५००० सम्मको सामान तथा बन्जीजम्प र जिप फ्लायर जित्ने मौका मिल्नेछ । दसैं र तिहारलाई लक्षित गरेर बजाजले ‘बजाज भविष्यवाणी’ अफर ल्याएको छ । नेपालको बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज भविष्यवाणी अफर ल्याएको हो । “अब कति जितिन्छ, पहिलै देखिन्छ’’ नाराका साथ् ल्याइएको यस अफरमा ग्राहकहरूले मोटरसाइकल किन्नु अगाडि र किनी सकेपछि पनि कति पैसा जितिन्छ भनेर जान्ने मौका दिइन्छ । बाइक किन्नुभन्दा अगाडि १ लाखसम्म उपहार पर्ने डिस्काउण्ट स्क्र्याच कार्ड र किनी सकेपश्चात पनि अर्को डिस्काउण्ट स्क्र्याच कार्ड ग्राहकहरूलाई दिइन्छ ।

स्यामसुङ इलेक्ट्रोनिक्स “स्यामसुङ आयो खुशी छायो”अन्तर्गत विशेष गरेर स्यामसुङ टिभी र वासिंग मेशिन, फ्रिजजस्ता होम एप्लायन्स खरिदमा भारी छुट दिएको छ । यो अफर असोज १ गतेदेखि कार्तिक २९ गतेसम्म रहेको छ । त्यस्तै स्यामसुङ मोबाइलको खरिदमा पनि भारी छुट तथा उपहार योजना राखिएको छ । “दशैं आयो तिहार आयो, सीजीले उत्साह उमंग ल्यायो’’ नारासंगै यस महान् चाडपर्वमा कुनै पनि सीजी (चौधरी ग्रुप) को सामान खरिद गर्दा लाखौंको क्यास ब्याक र हात खाली नजाने उपहार साथै बम्पर उपहारमा १० जनालाई लक्की ड्रमार्फत थाइल्याण्ड भ्रमण गर्ने अवसर प्रदान गरेको छ । यो योजना २० भदौ ०७६ देखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागि लागू गरिएको छ ।

अनर फोनले दशैँको अवसरमा दसैंको वहार फोनमा फोन उपहार’ योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले कुनै अनर स्मार्टफोनको खरिदमा हात खाली नजाने उपहार पाउनेछन् । त्यसका साथै प्रत्येक दिन एक जना ग्राहकले लक्की ड्रमार्फत एउटा अनर फोन जित्ने मौका पाउनेछन् । जिओमी नेपालले दसैंको अवसर पारेर ‘एमआइसँग दसैँ मनाऔँ’’ अफर ल्याएको छ । यस अफरअन्तर्गत एमआईले ग्राहकहरूको लागि ५ सरप्राइज दिएको छ । रेड्मि नोट ७ को मूल्य घटाएको छ र हाल रेड्मि नोट ७ रु १९ हजार ९ सय ९९ मा दिएको छ । त्यस्तै एमआई–ए ३ नेपालमा लन्च गरेको छ र स्थायी रूपमै रेड्मि ७ ए को मूल्य घटेको छ । अब रेड्मि ७ ए रु १० हजार ९ सय ९९ मा किन्न पाइन्छ । त्यस्तै रेड्मि ७ को मूल्य पनि घटाएको छ । दसैँको अवसरमा रेड्मि ७ को मूल्य हाल रु १३ हजार ९ सय ९९ राखिएको छ । त्यस्तै रेड्मि वाई ३ को मूल्य पनि यस अवसरमा घटाइएको छ ।

इन्टरनेट सेवाप्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले चाडपर्वहरू दसैँ, तिहार र छठको अवसर पारेर विभिन्न अफर ल्याएको छ । वर्ल्डलिंकको विराटनगरस्थित एक नम्बर प्रदेश कार्यालयका प्रमुख प्रेमप्रसाद घिमिरेका अनुसार चाडपर्वको अफरमा ग्राहक बन्दा वा विरकण गर्दा टिभी सेट र नेट टिभी सित्तैमा दिने अफर ल्याएको हो । शाखा प्रमुख घिमिरेका अनुसार आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने अफरमा सहभागी हुन इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी र सोही शुल्कमा नेट टिभी जडान गर्न पाइन्छ । यसैगरी दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट अफरअन्तर्गत ग्राहकहरूले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार नौ सय ९० रुपैयाँमा प्राप्त गर्ने छन् । घिमिरेका अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२ इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ । वर्ल्डलिंकको २५ र ४० र ६० एमबिपीएसको सेवा एक , तीन र ६ महिनाअनि एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिन्छ । त्यसैगरी, ११ हप्तासम्म वर्ल्डलिंकको नयाँ थपिएका ग्राहक र सेवा नवीकरण गरेका ग्राहकबाट लक्की ड्रमार्फत एक सय जनालाई ४३ इन्चको सिजी कम्पनीको एलईडी टिभी बम्पर उपहार प्रदान गरिने घिमिरेले जानकारी दिए । उनका अनुसार ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचरसमेत प्रदान गरिनेछ ।

नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजतपत्र प्राप्त संस्था एनआई सी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच एनआई सी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् लत्ता कपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५५ रकम वा अधिकतम १०००।– रुपैयाँसम्म छुट प्रदान गर्ने भएको छ । भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्नुहुने बैंकका ग्राहकहरूले उपरोक्त छुट प्राप्त गर्न सकिने छ । यसका साथै बैंकमा खाता नभएका इच्छुक महानुभावहरूले भाटभटेनी सुपरमार्केटमा रहेको एनआई सी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सकिने छ र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सकिने छ ।

केएनपीको रङ्गले चाडवाडको अवसरमा केएनपीको “रङ्गमा दङ्ग’’ नारासहित केएनपी इम्प्रेसन्स र एक्सेल टोटलको हरेक ६०,००० (भ्याट सहित) को खरिदमा लक्की डमार्फत आकर्षक उपहारहरू जित्न सक्ने योजना ल्याएको छ । यसअन्तर्गत हात खाली नजाने हाते घडि तथा स्मार्ट फोन, एलइडी टिभी, १० तोला सुनजस्ता भाग्यशाली पुरस्कारहरू राखिएको छ र यो योजना यही भाद्र १ देखि कार्तिक १५ सम्म लागू हुनेछ ।

क्यालिबर शुजले दशैँको अवसर पारेर हरेक जुत्ताको खरिदमा १० प्रतिशत देखि ३० प्रतिशतसम्मको छुट दिएको छ । त्यस्तै विराटनगरस्थित जुत्ताबजार डटकमले पनि जुत्ता चप्पलको खरिदमा छुटहरु दिएको छ । विराटनगरस्थित न्यू शुजकलेक्सनले दसैँको अवसर पारेर भारी छुट दिएको छ । प्रत्येक जेन्स जुत्ताको खरिदमा १० प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट दिइएको छ । शिखर शुजको खरिदमा १५ प्रतिशत छुटको अफर रहेको छ । ब्ल्याक हर्स शुजको खरिदमा हात खाली नजाने उपहारको व्यवस्था गरिएको छ । कुनैपनि एक जोडी ब्ल्याक हर्स शुजको खरिद गर्दा एउटा बेल्ट अथवा हात खाली नजाने १०० देखि १ लाखसम्मको नगद उपहार पर्ने स्क्र्याच कुपन दिइन्छ । विराटनगरस्थित न्यू लक्ष्य इम्पोरियममा चाडवाडको उपलक्ष्यमा प्रत्येक कपडामा भारी छुट दिइएको छ । विराटनगरमा सबैभन्दा सस्तो कपडा यहाँ पाइने दाबी संचालक अमित गुप्ताको रहेको छ । यहाँको कपडाको मूल्य गुणस्तरीय रहेको र ग्यारेन्टीका साथ दिइने उनले बताएका छन् । यहाँ कपडाको मूल्य कम्तिमा रु १ सय ९० र बढीमा रु ९ सय ९० मा नै बिक्री गरिरहेको उनले जानकारी दिएका छन् । सेन्ट्रल मलमा रहेको अर्किडमा विभिन्न छुट दिइएको छ । यहाँ ८००० सम्मको कपडा खरिद गर्दा रु १०००, रु १२ हजारसम्मको खरिद गर्दा रु २००० तथा केही ब्राण्डका कपडाहरूको खरिदमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्मको छुट दिइएको छ । मिनी सोले पनि यस अवसरमा ग्राहकहरूलाई छुट तथा उपहारको व्यवस्था गरेको छ । केही सामानहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट रहेको छ । यहाँ १ हजार ५ सयमम्मको सामानहरू खरिद गर्दा बक्स ए बाट, ३ हजारसम्मको सामानहरु खरिद गर्दा बक्स बीबाट उपहार र ५ हजारसम्मको खरिद गर्दा रु १ हजार ५ सय बराबरको गिफ्ट भौचर र अन्य थुप्रै अफरहरूको व्यवस्था रहेको छ । विराटनगरस्थित ए टु जेट मोबाइले सेन्टरले कुनै पनि स्मार्ट फोन खरिद गर्दा हात खाली नजाने उपहार र लक्की ड्रमार्फत ३२ इन्चको एलइडि टिभी बम्पर योजना ल्याएको छ । त्यसको साथै २० हजारभन्दा माथिको कुनै पनि स्मार्ट मोबाइलको खरिदमा मोबाइल पÞmाइनान्स र मोबाइल इन्सुरेन्सको सुबिधा पनि दिइने संचालक जगदीश दागाले जानकारी दिए । त्यस्तै विराटनगरस्थित म्याक्स मोबाइल केयरले हरेक फोनको खरिदमा हात खाली नजाने उपहार तथा छुटको अफर ल्याएको छ । डिजिस्टोरले दसैको अवसरमा विभिन्न छुट तथा उपहार दिएको छ र यहाँ कुनै पनि ल्यापटपको खरिदमा रु ८ हजार बराबरको गिफ्ट भौचरको व्यवस्था गरिएको छ र साथै जुनै पनि समानको खरिदमा रु ५०० बराबरको गिफ्ट भौचर पनि ग्राहकहरूलाई प्रदान गरेको छ । यहाँ टिभी किन्दा स्पिकर फ्री, पावर बैंकको खरिदमा सेन्ट्रल मल्टिप्लेक्सको मुभी टिकेट फ्री जस्ता अनेकौँ अफरहरू दिइरहेको छ ।

सेन्ट्रल मल विराटनगरले दसैं, तिहार तथा छठ पर्वका लागि नयाँ अफर ल्याएको छ । असोज ११ गतेदेखि एक महिनासम्म लागू हुनेगरी ‘सेन्ट्रल मल महाउत्सव २०७६’ अफर ल्याएको हो । मलले दुई वटा स्कूटर, दुई वटा मोटरसाइकल र बम्पर पुरस्कारमा थाइल्याण्डको बैंकक ट्रिपसहित विभिन्न उपहारको योजना ल्याएको छ । मलका सञ्चालक प्रकाश मुन्दडाका अनुसार एक हजारको सामाग्री खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागिता जनाउन पाउनेछन् । ग्रहकलाई एक हजारभन्दा बढीको सामाग्री खरिद गर्दा हात खाली नजाने उपहारहरूको व्यवस्था गरिएको उनले बताए । मुन्दडाका अनुसार ग्राहकले हात खाली नजाने उपहारमा क्यास ब्याक, सेन्ट्रल मल्ट्रिप्लेक्सको टिकट, डिस्काउण्ट टिकट गिफ्ट कार्ड पाउनेछन् । साप्ताहिक रूपमा माइक्रो ओभन, राइस कुकर, भ्याकुम क्लिनर लगायत पुरस्कार तीन जनाले पाउनेछन् । यस्तै दशैंको घटस्थापना, फूलपाति, लक्ष्मीपूजा र छठ पर्वको दिन एक–एक वटा मोटरसाइकल र स्कूटर लक्की ड्रमार्फत वितरण गरिनेछ । कात्तिक १६ गतेसम्म चल्ने अफरमा बम्पर पुरस्कार बैंकक ट्रिप राखिएको मुन्दडाले जानकारी दिए । गत फागुन २० गतेदेखि सञ्चालनमा आएको मलले दशैं तिहारलाई लक्षित गरी हरेक सामाग्रीको खरिदमा छुटको पनि व्यवस्था गरिएको छ ।

त्यसैगरी दशैँ, तिहार र छठलाई लक्षित गर्दै विराटनगरस्थित भाटभटेनी सुपर स्टोरले ल्याएको छुटको योजनामा विभिन्न सामानहरूमा अन्य पसलहरूभन्दा सुपथ मूल्यमा पाइने दाबी गरिएको छ । चाडपर्वलाई लक्षित गरेर इलेक्ट्रोनिक्स सामानहरूमा १० देखि २५ प्रतिशत, कस्मेटिक्स र घडीमा १० प्रतिशत र किचेन वेयर, घरायसी सामान, सारी, कुर्ता, मोबाइल, झोलालगायतका सामानहरूमापनि ५ प्रतिशत छुट दिइएको छ । यसै अवसरमा यहाँ विभिन्न खाद्यान्नहरूमा पनि भारी छुट दिइएको छ । भाटभटेनीले सञ्चालनको दिनदेखि नै चिनी प्रतिव्यक्ति २ किलो किन्दा किलोको ५९ रुपैयाँका दरले दिँदै आएको थियो । चाडपर्वलाई लक्षित गरेर सहुलियतमा चिनी अब प्रतिव्यक्ति ३ किलो दिन थालिएको छ । सीमापारिको जोगबनीमा भन्दा भाटभटेनीमा चिनी सस्तो छ ।

Loading...