fbpx

देवराज बने पहिलो मिस्टर दाह्री

काठमाडौं १६ असोज । नेपालमा पहिलो पटक ‘थन्डर प्रोडक्सन’ले आयोजना गरेको ‘मिस्टर दाह्री २०१९’ को देवराज दुलाल घोषित भएका छन् ।

गत आईतवार अर्थात असोज १२ गते काठमाडौमा सम्पन्न फाईनलमा नेपालको पहिलो मिस्टर दारी काठमाडौं मेलम्चीका देवराज दुलाल बन्न सफल भएका हुन् । देशभरको अडिसनबाट छानिएका मिस्टर दाह्रीका प्रतिस्पर्धीहरुलाई विभिन्न खेल, फेसन तथा ब्याक्तित्व विकासको प्रशिक्षण दिइएको थियो ।

फाईनलमा पुगेका १९ प्रतिष्पर्धीलाई उछिन्दै दुलाल नेपालको पहिलो मिस्टर दाह्री सफल भएका हुन् । मिस्टर दाह्रीको फस्ट रनरअप बसन्त परियार र सेकेन्ड रनरअप क्षितिज केसी घोषित भए । संचालक विजय कार्कीले आगामी दिनमा अझै नयाँ योजनाको साथ कार्यक्रम गर्ने बताए ।
“मिस्टर दाह्री”को बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण र १ लाख रुपैयाँ नगद पुरस्कार पाए । बिजेताले अन्तर्रास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने कार्कीको भनाई छ ।

Loading...