fbpx

मोवाइलबाटै विराट मेडिकलको टिकट

विराटनगर १६ असोज । विराट मेडिकल कलेजले प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्था सुरु गरेको छ ।
मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरबाट नै टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो ।

उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने विराट मेडिकल कलेज प्रदेश १ मा पहिलो भएको हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल वालेट सँगको सहकार्यमा सुरु गरेको छ ।

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डेनिश कार्कीले बताए । ‘अस्पतालमा ओपिडीको टिकट लिने प्रकृयालाई प्रविधिको प्रयोग मार्फत व्यवस्थित बनाउने काम गरिरहेका छौं ।’

अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल बालेट बाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए । प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ । अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ ।

Loading...