fbpx

‘जब मेस्सी मैदानमा उत्रिन्छन् तब बार्सिलोनालाई हराउन सकिँदैन’

एजेन्सी, १६ असोज । अर्जेन्टिनाका स्टार खेलाडी लाउटारो मार्टिनेजले आफ्ना सहकर्मी लियोनल मेस्सी विश्वकै उत्कृष्ट फुटबलर भएको दाबी गरेका छन् । इटालियन क्लब इन्टर मिलानका स्टार मार्टिनेजले बार्सिलोनाविरुद्धको खेलपछि बोल्दै प्रतिद्वन्द्वी क्लब बार्सिलोनाका कप्तान मेस्सी विश्वकै उत्कृष्ट फुटबलर भएको दाबी गरे ।

afsd

मार्टिनेज सम्मेलित क्लब इन्टरले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनासँग हार ब्यहोरेको थियो । समूह चरणको दोस्रो खेलमा इन्टरले बार्सिलोनासँग २–१ गोलको हार ब्यहोरेको हो । बार्सिलोनाको घरेलु मैदानमा क्याप नोउमा भएको सो खेलमा मार्टिनेजले दोस्रो मिनेटमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको दोस्रो हाफमा लुइस स्वारेजले बार्सिलोनाका लागि २ गोल गर्दै टोलीलाई जिताएका थिए ।

सो खेलपछि बोल्दै मेस्सीका अर्जेन्टिनी सहकर्मी मार्टिनेजले मेस्सी मैदानमा भएका बेला बार्सिलोनालाई हराउन मुस्किल हुने बताए । उनले ‘ईएसपीएन’सँगको कुराकानीका क्रममा भने, ‘मेस्सी विश्वकै उत्कृष्ट फुटबल हुन् । कसैले उनलाई एक इन्च पनि हल्लाउन सक्दैन । जब मेस्सी मैदानमा हुन्छन् तब बार्सिलोनालाई जित्न कठिन हुन्छ । उनी मैदानमा भएका बेला हामीलाई उनलाई एक इन्च पनि हल्लाउन सकिँदैन ।’

बार्सिलोनाका समथर्कले भरिभराउ मैदानमा खेलको दोस्रो मिनेटमै गोल गरेर क्याप नोउका मानिसहरूलाई अचम्मित पारेका मार्टिनेजले उनले आफूले बार्सिलोनाविरुद्ध गरेको गोलको विषयमा पनि बोले । उनले भने, ‘मेरो गोल एकतर्फी थियो । हामीले जित्न चाहेका थियौं र ठीकै पनि खेलेका थियौं । तर, खेलको अन्त्य दुखद रह्यो ।’

क्याप नोउमा भएको सो खेलमा मार्टिनेजले एलेक्सिस मार्टिनेजको पासमा गोल गरेका थिए । तर, दोस्रो हाफमा स्वारेजले बार्सिलोनालाई खेलमा फर्काए । स्वारेजले खेलको ५८औं मिनेटमा र ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले जित सुनिश्चित गरेको थियो ।

यस हारपछि इन्टर समूह ‘ए’को पुछारमा छ । उसँग १ अंक छ । उक्त समूहको शीर्ष स्थानमा डर्टमुण्ड रहेको छ । उसले हिजै भएको अर्को खेलमा स्लाभिया प्रहालाई हराउँदै शीर्ष स्थान बनाएको हो । यता, इन्टरलाई हराएको बार्सिलोना दोस्रो स्थानमा छ । बार्साले २ खेलबाट ४ अंक बनाएको छ । अब इन्टरले समूह चरणको तेस्रो खेलमा बोरुसिया डर्टमुण्डसँग खेल्नेछ । यो खेल २४ तारिखमा हुनेछ ।

Loading...