fbpx

आशिष राना ‘लाउरे’ विराटनगर आउँदै

विराटनगर, १६ असोज । नेपालका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ विराटनगर आउने भएका छन् । शुभ शुभ वेंक्विट एण्ड रेष्टुरेन्टको आयोजना तथा भाइरल इभेन्ट इन्टरटेनमेन्टको सहकार्यमा आयोजना हुन लागेको ‘दशैं धमाका २०७६’का लागि लाउरे विराटनगर आउन लागेका हुन् ।

aa

विराटनगर–४ कञ्चनबारीमा रहेको शुभ वेंक्विट एण्ड रेष्टुरेन्टले शुक्रबार अर्थात् असोज १७ गते दसैं धमाका कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा कार्यक्रममा लाउरेका साथै विराटनगरका हुमन आचार्य, शुभम् न्यौपाने, डिजे सानीस, द एयर ड्रम व्याण्डलगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको टिकटको मूल्य ३ सय र ६ सय रहेको आयोकजले जनाएको छ । सो टिकट विराटनगर मेनरोडस्थित टयाक्सी कपडा पसल, क्याफे ग्रिल टु चिलबाट खरीद गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

Loading...