fbpx

महिनावारी नियमित हुँदैन ? त्योभए यो पढ्नुहोस्

विराटनगर, १६ असोज । महिनावरी एक प्राकृतिक र स्वभाविक प्रक्रिया हो । ८ देखि १९ वर्षको उमेरमा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्मका महिलाहरूको महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिन्छ । महिलाहरूलाई महिनावारी हरेक महिना केही दिनको अन्तरालमा हुने गर्छ । आजकल एक महिनामै दुई पटक, दुई महिनामा एक पटक वा नियमित समयमा महिनाबारी नभएको गुनासो गर्ने महिलाहरूको नियमित समयमा महिनावारी नहुनुका विभिन्न कारणहरु छन् ।

पछिल्लो महिनाको मितिबाट देखि ४ दिन फरक हुन गएमा त्यस्तो खासै केही फरक पर्दैन तर, १० देखि १५ दिन वा सोभन्दा माथि ढिला हुन गएमा त्यसलाई महिनावारीमा गडबढी भएको बुझ्नुपर्छ । महिनावारीमा हुने गडबढी हरेक महिलापिच्छे फरक हुने गर्छ । २५, २८ वा ३० दिनमै महिनावरी हुनु पर्ने कुनै नियम छैन । सुरु दिनदेखि जस्तो भइरहेको छ र अहिले पनि त्यस्तै छ भने त्यसलाई सामान्य मान्न सकिन्छ । शरीरमा हर्मोनको असन्तुलन, खानपानमा गडबड, पाठेघरको समस्या, तौल बढ्दा वा घट्दा, तनाव, गर्भ निरोधक औषधिको प्रयोग, अत्याधिक मात्रामा कसरत र स्तनपानले गर्दा महिनावारी अनियमित हुन्छ ।

महिनावारी छिटो छिटो हुनु वा धेरै ढिलो हुँदा स्वास्थ्यमा विभिन्न समस्याहरू देखापर्न थाल्छन् । महिलाहरू महिनावारी छिटो गराउन वा अनियमित भएको समयमा विभिन्न प्रकारका औषधि सेवन गरिरहेका हुन्छन् । डाक्टरको परामर्शबिना औषधिको सेवन गरेमा महिलाको स्वास्थ्यका लागि घातक साबित हुन सक्छ । अनियमित महिनावारीको अचुक उपायमध्ये तुलसी एक हो । यसमा पाइने प्राकृतिक एन्टिअक्सिडेन्ट तत्वको एन्टी–माइक्रोबियल गुणले शरीरको थकाई तथा तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत गर्छ ।

तुलसीले कोर्टिसोल नामक हर्मोनलाई नियन्त्रण गर्ने हुँदा महिनावारी नियमित हुन जान्छ । यसका लागि १० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रूपमा बिहान पिउनुपर्छ । यसले अनियमित महिनावारीको समस्या समाधान गर्न मद्दत गर्छ । साथै तुलसीको चिया, तुलसी पानी वा तुलसीको पात खाँदा पनि महिनावारीको समस्या हराउन सक्छ । आयुर्वेदका अनुसार तुलसीलाई औषधिको रूपमा प्रयोग गर्ने हुँदा केही स्वास्थ्य समस्या तथा केही अवस्था बाहेक तुलसीको सेवनले शरीरमा कुनै पनि साइड इफेक्ट भने गर्दैन ।

गर्भावस्था, मधुमेहको रोगी, एसिटामिनोफेन जस्ता पेनकिलरको सेवन गरिरहेको बेलामा तुलसीको प्रयोग गर्नु हुँदैन । तुलसीले शरीरमा हर्मोनलाई सिधै प्रभाव पार्ने हुँदा यस्तो अवस्थामा शरीरको हर्मोनमा असन्तुअल्न हुने हुँदा स्वास्थ्यमा खतरनाक हुनुका साथै कलेजोलाई समेत खराब गर्न सक्छ ।

Loading...