fbpx

साडीमा राम्री देखिनका लागि यसो गर्नुहोस्

विराटनगर, १६ असोज । युवती तथा महिलाहरू धेरैजसो पार्टी तथा चाडपर्वमा साडी नै लगाउन रुचाउँछन् । साडी लगाउँदा सबैभन्दा अगाडि ध्यान दिनुपर्ने भनेको त्यसमा लगाउने ब्लाउज हो । यदि, कुनै पनि महिलाले साडीको सेट ब्लाउज खरिद गर्नेछन् भने कन्ट्रास्ट र मल्टीकलरको छान्ने गर्नु पर्छ । बजारमा पाइने ब्लाउज एउटा बनाइयो भने धेरै ओटा साढीमा लगाउन पनि सकिन्छ ।

agf

साडीको ब्लाउज शरीरको संरचना अनुसारको सिलाउनु पर्छ । साडीलाई कम्मरमा बढ्नु पर्छ । कम्मरभन्दा माथि साडी लगाउँदा भद्दा देखिन सक्छ । साडी लगाउँदा धेरै गरगहना लगाउनु पर्छ भन्ने मान्यता रहेको छ । तर, राम्रो र सुहाउँदो देखिनका लागि कार्यक्रमको अनुसार साडीमा लगाउने गहना छनौट गर्नुपर्छ ।

अफिसियल तथा प्रोग्रामका लागि साडी लगाइँदै छ भने सादा साडीमा सिम्पल कानमा सानो टप र सिक्री लगाएमात्र पनि पुग्छ । अन्य गहना लगाएर झकिझकाउ हुँदा भद्दा देखिन सक्छ । विशेष समारोहमा हो भने हेभी साडीमा सानो गहना तथा ठिक्कको साडीमा केही हेभी नेकलेस लगाउँदा राम्रो देखिन्छ । साडीसंग सबै कुरा मिल्ने लगाउनु पर्छ भन्ने सोच बदल्नु पर्छ ।

साडीमा कन्ट्रास्त गरेर गरगहना तथा मेकअप गरेको राम्रो देखिन्छ । साडीको रंगअनुसार अनुहारको मेकअप गर्नु पर्छ । साडीको रंग गाढा भएमा हलुका मेकअप र साडीको रंग हलुका भएमा गाढा मेकअप गर्नु पर्छ । साडी र ब्लाउज एउटै रंगको छ भने टीका र चुरा अर्कै रंगको प्रयोग गर्दा राम्रो देखिन्छ । साडीसँग हिलको जुत्ता राम्रो देखिने हुँदा साडी लगाउँदा फ्ल्याट भन्दा पनि हिलको जुत्ता नै लगाउदा ठीक हुन्छ ।

साडी लगाउँदा मौसम र इच्छाअनुसार कपाल खुल्ला वा जुरो बनाउन सकिन्छ । अविवाहित युवतीहरूले साडी छान्दा लाइट कलर, ग्रिनमा थोरै रेड मिक्स गरिएको, पिच कलर, ब्लु तथा एल्लो बेसमा रेड मिक्स भएका साडीहरू लगाउँदा निकै राम्रो देखिन्छ । अविवाहिताहरूले साडी लगाउँदा विशेषगरी ब्लाउजको डिजाइनमा विशेष ध्यान दिनु राम्रो हुन्छ ।

Loading...