fbpx

भ्रमण वर्षमा प्रदेश २ मा पाँच लाख पर्यटक भित्र्याउने तयारी

लाहान १६ असोज । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी सुरु गरिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश २ समितिले प्रदेशको ८ वटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरुलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज बनाउन लागेको छ ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यो प्रदेशमा पर्यटकीय क्षेत्रहरु धेरै रहेपनि एकीकृत दस्तावेज नहुँदा त्यसबारे सबैलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको भ्रमण वर्ष २०२० का प्रदेश २ का संयोजक मनिष झाले बताए ।

प्र सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र भएपनि वास्तविक सङ्ख्या एकिन नहुँदा पर्यटकीय क्षेत्रहरु ओझेलमा परेको उनको भनाई छ । पर्यटकीय क्षेत्रहरु कतिको सङ्ख्यामा छन् भन्ने कुराहरु पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेको उनले बताए । यसरी तयार गरिने एकीकृत दस्तावेज प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने उनको भनाइ छ ।

यस्तै भ्रमण वर्षलाई दृष्टिगत गरी प्रदेश २ का आठै जिल्लाको शहरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । सरकारले कार्यविधि र बजेट उपलब्ध नगराउँदा भ्रमण वर्षको तयारीमा केही कठिनाइ भइरहे पनि भ्रमण वर्षलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा कार्यक्रम अघि बढाएको संयोजक झाको भनाइ छ ।

Loading...