Rumpum Advertisement

भारत भ्रमणमा आउन लागेकी बंगलादेशी प्रधानमन्त्रीलाई इमारानको फोन

Neuro Revised Adv
Koshi Dashain ad
भारत भ्रमणमा आउन लागेकी बंगलादेशी प्रधानमन्त्रीलाई इमारानको फोन

बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा आउनु ठिक अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार फोन गरेका छन् । टेलिफोन वार्तामा उनले धेरै मुद्धामा छलफल गरेका छन् ।

बंगलादेशकी प्रधानमन्त्री हसीना बिहीबार चार दिने भारत भ्रमणमा आउँदै छिन् । हसीना इन्डिया इकोनोमिक समिटमा भाग लिने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम तय भएको छ । उनको भारत भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ । पकिस्तानका प्रधानमन्त्री इमरान खानले पहिलेपनि हसीनासँग टेलिफोन सम्बाद गरेका थिए । हसीनाका प्रेस सचिव इन्सानुल करिमले इमरानले हसिनाको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका थिए ।

केही समय अघि दुई राष्ट्र प्रमुखको भेट साउदी अरबमा एको इस्लामिक अर्गनाइजेशनको बैठकमा भएको थियो । तर औपचारीक कुराकानी भने भएको थिएन् । बंगलादेश र पाकिस्तानबीचको सम्बन्ध राम्रो नभएको बिबिसी हिन्दीले लेखेको छ । दुई देशबीचका विदेशसचिवको बैठक ४ वर्षदेखि रोकिएको छ भने एक वर्षदेखि बंगलादेशमा पाकिस्तानले राजदुत समेत पठाएको छैन् ।