fbpx

पत्रपत्रिकामा देश : चिनियाँ राष्ट्रपति सी २५ गते आउने भ्रमण विकास केन्द्रीत

विराटनगर १६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते नेपाल आउने समाचर नागरिक दैनिकले छापेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण दुई साता अघि नै तय भएपनि सरकारले गोप्य राखेको हो ।

अन्नपूर्ण पोष्टमा सीको भ्रमण विकास केन्द्रीत शिर्षकमा मुख्यपृष्ठमा छापेको छ । सी जिनपिङको नेपाल भ्रमणका क्रममा केरुङ काठमाडौं रेल मार्ग, सडक, सुरुङ्ग मार्ग, जलविद्युत् परियोजना, प्रशारण लाइनलगायत विषयमा वार्ता हुने छ । एक दर्जन विषयमा वार्ता हुने श्रोतले जनाएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्र्तगत चीन सरकारले गर्ने सहयोगका परियोजना बारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीहरुले बताएका छन् ।

मदिराको भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको समाचार छापेको छ । बाराको फेटा गाउँपालिका ४ बतरामा मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको हो । मदिरा भट्टी सञ्चालन गर्ने करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, भाई ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी श्रीमती लालमुनी देवी र ५० वर्षीय एक भारतीयको मृत्यु भएको छ । प्रहरीका अनुसार उनीहरु बुधबार बेलुका ८ बजे खाल्डोमा डुबेका हुन् । पाँचै जनाको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताए । मदिरा बनाउन बनाइएका दुईवटा खाल्टो मध्ये एकमा गुड भरिएको छ । अर्काेमा उनीहरु डुबेका हुन् ।

किन भइन् पीडित यूटर्न ? शिर्षकमा मुख्य समाचार छापेको छ । यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी राशनी शाहीले मंगलबार साँझ बयान फेरेपनि प्रहरी अनुसन्धाले तत्कालिन सभामुख कृष्णबहादुर महरा नीजि सुरक्षाकर्मी लिएर रोशनी शाहीको डेरामा पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा उनी नीजि सुरक्षाकर्मी लिएर त्यहाँ पुगेको देखिएको हो । महरा सोझै त्यहाबाट सभामुख निवास बालुवाटार पुगेका थिए । यसैबीच महराले सर्त हटाएर दोश्रो राजीनामा पठाएका छन् । महराले सुटुक्क बुधबार सर्तबिनाको राजीनामा बुझाएपछि संसद् सचिवालयले सभामुख पद रिक्त भएको जानकारी दिएको हो ।

नयाँ पत्रिका दैनिकमा विद्यार्थीबाट तीन वर्षमा ४३ करोड ठगी गरिएको समाचार छापिएको छ । ठगी मुद्धा पर्दा पनि रोकिएन गण्डकी मेडिकल कलेजको असुली गरिरहेको समाचारमा उल्लेख छ ।

Loading...