fbpx

पत्रपत्रिकामा प्रदेश : कृषि अनुदानमा नयाँ कार्यविधि, स्थानीय तहबाटै कृषक छानिने

विराटनगर १६ असोज । प्रदेश १ सरकारले परिमार्जन गरिएको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यविधि पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको कार्यविधिमा कृषि व्यवसाय अनुदानलाई वास्तविक किसानसम्म पुग्ने र अनुदान रकम दुरुपयोग नहुने गरि तय गरेको बताइएको छ ।

नयाँ कार्यविधिले अब अनुदान लिन स्थानीय तहबाटै प्रकृया अघि बढाउनु पर्ने व्यवस्था गरिएको छ । अब अनुदान प्राप्त गर्न स्थानीय तह, जिल्ला हुँदै निर्देशनालय वा मन्त्रालय पुग्नु पर्ने छ । यसरी वितरण हुने अनुदान बैंकसँग सम्झौता गरेर बैंकमार्फत भुक्तानी गर्ने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताएका छन् । यो समाचार जनविद्रोह दैनिकमा छ ।

यस्तै यही समाचारलाई उद्घोष दैनिकले पनि मुख्य समाचार बनाएको छ । मन्त्रिपरिषदको निर्णय, कृषि अनुदान अब बैंक खातामा शिर्षकमा उद्घोष दैनिकले मुख्य समाचार छापेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले प्रदेश खेलकुद नियमावली २०७६ पनि पारित गरेको छ । अब प्रदेश खेलकुद विकास समिति गठन गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषदको बैठकले सबै प्रदेश सभा सदस्यलाई ५० लाख रुपैयाँसम्मको योजनाको रकम खर्च गर्ने गरी निर्वाचन क्षेत्र विशेष कार्यक्रमको नियमावली पनि स्वीकृत गरको छ ।

उद्घोष दैनिकमा नयाँ नोट लिनेको भीड शिर्षकमा समाचार रहेको छ । विराटनगर स्थित नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीको एक हप्तादेखि काम भनेको नयाँ नोट बाड्ने मात्रै भएको छ । बैंकमा भएका ५६ जना कर्मचारीले पाँचवटा लाइनमार्फत नयाँ नोट बाँडिरहेका छन् । दशैंका लागि नयाँ नोट लिनेको भिडले पार्किङको समस्या र सडक नै अबरोध हुने गरेको छ ।

नागरिक पूर्वेलीमा यौन हिंसाको मारमा बालिका शिर्षकमा मुख्य खबर छ । सुनसरीमा यौन अपराधका घटना ह्वात्तै बढेको छ । घटनामा धेरै जसो बालिकाहरु पिडित हुने गरेका छन् । पछिल्लो ४ महिनाको अवधिमा १८ वटा जबरजस्ती करणीका घटना भएका छन् । जसमा ११ जना बालिका पिडित भएका छन् । २ जना भने १० वर्षभन्दा कम उमेरका बालिका रहेको प्रहरीले जनाएको छ ।  यही अवधिमा प्रहरीले २८ जनालाई पक्राउ गरि मुद्धा चलाएको छ ।

Loading...