fbpx

मधुमेहको समस्या हटाउनका लागि खानुहोस् दैनिक ४ ओटा मखाना

विराटनगर, असोज १६ । स्न्याक्सको रूपमा तथा खानाको स्वाद बढाउनका लागि प्रयोग गरिने मखानामा पाइने विभिन्न तत्त्वले मानव स्वास्थ्यमा अनेकौं फाइदा पुर्याइरहेको हुन्छ । मखानालाई सही तरिका र सही समयमा सेवन गर्ने गर्दा यसले विभिन्न स्वास्थ्य समस्याहरूलाई निवारण गर्न मद्दत गर्छ ।

दैनिक रूपमा ४ दाना मखानालाई खाली पेटमा नियमित रूपले सेवन गर्दा मधुमेहको समस्या हराएर जान्छ । नियमित रूपमा मखनाको सेवनले शरीरमा इन्सुलिनको स्तरलाई बढाएर रगतमा भएको सुगरलाई सन्तुलनमा ल्याउँछ र मधुमेहलाई नियन्त्रणमा राख्छ । यसको सेवनले मधुमेहसमेत लाग्न पाउँदैन ।

मखानामा प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम, पोटेसियम र सोडियम पाइन्छ । १०० ग्राम मखानामा ३५० ग्राम क्यालोरी हुने गर्छ । मखनामा पर्याप्त मात्रामा क्याल्सिम पाइने हुनाले यसको सेवनले हाडहरूलाई बलियो बनाउन मद्दत गर्छन् । मखानाको नियमित सेवनले ढाड, कम्मर, जोर्नी र घुँडाको दुखाइबाट मुक्ति दिने काम गर्छ ।

मखनामा भएको एन्टीअक्सिडेन्टले पाचन प्रक्रियालाई सक्रिय बनाएर शरीरको खराव कोलेस्ट्रोलको स्तर घटाउँछ जसकारण मुटु स्वस्थ हुनुका साथै मुटुसम्बन्धी विभिन्न रोगहरु लाग्न दिँदैन । मखानाको सेवनले अरुचि समेत हट्ने गर्छ । मखनाले शरीरका रहेका विषाक्त पदार्थलाई पिसाबको सहयताले बाहिर निकाल्ने गर्छ ।

शरीरका विषाक्त पदार्थ निस्किने हुदा रगतलाई छानेर सफा राख्न मद्दत गर्नुका साथै पिसाबसम्बन्धी तथा मिर्गौलाको समस्या पनि बिस्तारै हट्दै जान्छ । मखानाओ नियमित सेवनले तनाव कम गरेर अनिन्द्राको समस्यालाई समेत हटाउने गर्छ । राति सुत्नअगाडी एक गिलास दूधसँग मखाना खाने गर्दा आनन्दको निन्द्रा लाग्ने गर्छ ।

Loading...