fbpx

च्याम्पियन्स लिग : विलियनको गोलमा चेल्सीले निकाल्यो पहिलो जित

विराटनगर, १६ असोज । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा चेल्सीले जित निकालेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा इंग्लिस क्लब चेल्सीले लिल्ले ओएससी (एलओएससी)विरुद्ध २–१ गोलको जित निकालेको हो ।

aaa

एलओएससीको घरेलु मैदानमा भएको उक्त खेलमा चेल्सीलाई जिताउन टेम्मी अब्राहम र विलियनले समान एक–एक गोल गरे । यता, पराजित टोली एलओएससीका लागि भिक्टर ओसिम्हेनले एक गोल गरे । चेल्सीले खेलको २२औं मिनेटमा अब्राहमको गोलमा अग्रता बनाएको थियो । तर, ३३औं मिनेटमा घरेलु टोलीका लागि ओसिम्हेनले गोल गरेपछि खेल बराबरीमा आयो ।

त्यसपछि खेलको ७७औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई पहिलो जित दिलाए । यसअघि समूह चरणको पहिलो खेलमा चेल्सीले हार ब्यहोरेको थियो । तर, यो जितसँगै समूह ‘एच’मा रहेको चेल्सीले ३ अंक जोड्यो ।

Loading...