fbpx

च्याम्पियन्स लिग : सालाहको नायकत्त्वमा लिभरपुलको जित

एजेन्सी, १६ असोज । युरोपियन च्याम्पियन्स लिगमा साबिकको विजेता लिभरपुलले जित निकालेको छ । बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा लिभरपुलले रेडबुल साल्जबर्गमाथि ४–३ गोलको जित निकालेको हो ।

ag

आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सालाहले २ गोल गरे भने साडियो माने र एन्ड्रे रोबर्टसनले समान एक–एक गोल गरे । यता, साल्जबर्गका लागि भने हवाङ हि–न, टकुमी मिनामिनो र इर्लिङ ब्राउट हलान्डले समान एक–एक गोल गरे ।

लिभरपुलले खेलको नवौं मिनेटमा मानेको गोलमा अग्रता बनाएको थियो । यस्तै खेलको २५औं मिनेटमा राबर्टसनले गोल गरेपछि लिभरपुलले आफ्नो अग्रता दोब्बर बनायो । यसैगरी खेलको ३६औं मिनेटमा सालाहले गोल गर्दै टोलीलाई ३–० गोलको अग्रता बनाएको थियो ।

तर, खेलको ३९औं मिनेटमा साल्जबर्गका हि–चनले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरे । यसैगरी खेलको ५६औं मिनेटमा मिनामिनो र ६०औं मिनेटमा हलान्डले गोल गरेपछि पाहुना टोली साल्जबर्ग बराबरी अवस्थामा आयो । तर, बराबरी रहेको अवस्थामा सालाहले गोल गर्दै टोलीलाई जिताए । उनले खेलको ६९औं गोल गर्दै लिभरपुललाई ४–३ गोलले जिताए ।

यस जितसँगै समूह ‘ई’को लिभरपुल ३ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहको शीर्ष स्थानमा भने नापोली छ । उसँग ४ अंक छ । नापोलीले गए रातिकै अर्को खेलमा जेन्कविरुद्ध जित निकाल्दै शीर्ष स्थान बनाएको हो । सो समूहको तेस्रो स्थानमा साल्जबर्ग छ भने पुछारमा जेन्क छ ।

Loading...