fbpx

च्याम्पियन्स लिग : स्वारेज चम्किएपछि बार्सिलोनाको जित, इन्टर पराजित

विराटनगर, १६ असोज । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि दाबेदार टोली बार्सिलोनाले जित निकालेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानविरुद्ध २–१ गोलको जित निकालेको हो ।

बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन लुइस स्वारेजले २ गोल गरे । यता, पराजित टोली इन्टरका लागि लाटारो मार्टिनेजले एक गोल गरे । पाहुना टोली इन्टरले खेलमा सुरुआती अग्रता बनाएको थियो । उसका लागि खेलको दोस्रो मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० गोलले अगाडि बढाएका थिए । एलेक्सिस मार्टिनेजको पासमा मार्टिनेजले गरेको गोलमा नै इन्टरले पहिलो हाफभरि अग्रता बनायो ।

तर, दोस्रो हाफमा बार्सिलोनाले २ गोल गर्यो । उसका लागि स्वारेजले खेलको ५८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उलने अर्टुरो भिडालको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै खेलको ८४औं मिनेटमा स्वारेजले अर्को गोल गरेपछि बार्सिलोनाले जित सुनिश्चित गर्यो । स्वारेजले कप्तान लियोनल मेस्सीको पासमा गोल गर्दै २–१ गोलले बार्सिलोनालाई जित दिलाए ।

यस जितसँगै समूह ‘ए’मा रहेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । उसले २ खेलबाट ४ अंक बनाएको छ । उक्त समूहको शीर्ष स्थानमा डर्टमुण्ड रहेको छ । उसले हिजै भएको अर्को खेलमा स्लाभिया प्रहालाई हराउँदै शीर्ष स्थान बनाएको हो । डर्टमुण्डसँग समान ४ अंक नै भएपनि ऊ गोलान्तरको आधारमा शीर्ष स्थानमा छ ।

यता, पराजित इन्टर भने उक्त समूहको पुछारमा छ । उसँग १ अंक छ । सो समूहको तेस्रो स्थानमा भने स्लाभिया प्रहा छ ।

gga

Loading...