fbpx

भारतपनि खुलादिसा मुक्त

विराटनगर १५ असोज । महात्मा गान्धीको १ सय ५० औँ जन्मजयन्तीको अवसर पारेर भारतलाई पनि खुला दिसामुक्त देश घोषण गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको साबरमती आश्रममा खुलादिसा मुक्त (ओडिएफ) घोषणा गरेका हुन् । बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले यो भारतीय जनताको सफलता भएको बताए । उनले भारतबाट विश्व समुदायले सिक्न चाहेको बताउँदै स्वच्छताको विषयमा अनुभव आदानप्रदान गर्न भारत तयार रहेको समेत बताए ।

तर अझैपनि भारतीय ग्रामिण इलाकामा शौचालय प्रयोग नगर्नेको संख्या उच्च रहेको बिबिसी हिन्दीले लेखेको छ । घरमा ट्वाइलेट भएपनि फोहोर हुने भन्दै घरलाई सफा राख्न सर्वसाधारण अझैपनि खुलामा दिसा गर्न जाने गरेका छन् । केही स्थानीयले रातीको समयमा मात्रै शौचालयको प्रयोग गर्ने तर विहान दिउँसो भने खुलामै दिसा गर्ने गरेको समाचारमा उल्लेख छ ।

गत सोमबार नेपाललाई पनि एक कार्यक्रमको अयोजना गरि प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त भएको घोषणा गरेका थिए । घोषणासँगै नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त मुलुक भएको छ ।

Loading...