fbpx

पटनाका १० हजार बाढी पीडितको उद्धार

पटना १५ असोज । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट १० हजार जनाभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरेको छ । विहार राज्यको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको फौजका प्रमुख विजय सिंहले बुधबार बताए ।

उनले फौजले १० हजार जनालाई डुबान भएको ठाउँबाट बाहिर निकालेको र राहत सामग्रीहरू पनि वितरण गरेको जानकारी दिएका हुन् । उनले उद्धार गरिएकाहरूलाई थप खाद्य पदार्थसहित अत्यावश्यक सामग्रीहरूको अभाव भएको पनि बताए । केहीदिनदेखि यस क्षेत्रमा वर्षा भएको र बाढीबाट हजारौँ प्रभावित भएका छन् ।

सिंहले अझै पनि पानीको तह पूरै नहटेको भन्दै डुङ्गाबाट उद्धार गरिएको उनले बताए । भारतको विहारसहित केही प्रदेशहरूमा विगत केहीदिनदेखि आएको अत्यधिक वर्षाका कारण १ सय जना बढीको मृत्यु भएको छ । हजारौँ विस्थापित र लाखौँ प्रभावित भएका छन् ।

Loading...