fbpx

कोसेली महोत्सव ६ हजारले अवलोकन गरे

विराटनगर १५ असोज । दशैं लक्षित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरेको कोसेली महोत्सव बुधबार सम्पन्न भएको छ । महोत्सवको करिब ६ हजारले अवलोकन गरेको अयोजकले जनाएको छ ।

‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौ’ भन्ने नाराका साथ उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मञ्चले कोसेली महोत्सवको आयोजना गरेको हो । महोत्सवलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश १, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गरेका थिए ।

कोसेली महोत्सव २०७६ को समापनमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत सहभागी थिए । महोत्सवमा १ सय वटा स्टल रहेको थियो । ६ दिनसम्म संचालित महोत्सवमा पूर्वको पहाडी जिल्लाको अल्लोबाट बनाएका कपडा, राडी, पाखी, मह, लगायतका खाद्य पदार्थ तथा मोरङ, झापामा उत्पादित मह, कागतीका उत्पादनहरु, नेपाली खानाका परिकार सेल रोटी, कोदोको मम लगायतका स्टल रहेको थियो । महोत्सवमा करिब १५ लाख रुपैयाँको कारोबार भएको कोसेली महोत्सवका संयोजक गिरिजा सारडाले जानकारी दिए ।

Loading...