fbpx

इटालीमा विदेशीलाई १ पाउण्डमा घर

विराटनगर १४ असोज । इटालीको द्विप सिसिलीको एक नगरले विदेशीहरुले समेत किन्न मिल्ने गरि १ पाउण्डमा बेचिरहेको छ । सिसिलीको संबुका गाउँमा लागातार जनसंख्या घटेपछि २०१९ मा विशेष योजना सुरु गरिएको हो ।

गाउँमा खाली भएका पुराना घर १ युरोमा बेच्ने योजना सुरु गरेपछि ६० वटा घर बिक्रि भइसकेको छ । नगरपरिषदले कानूनी प्रकृया पुरा गरि पहिलो पटक १६ घर किनेर लिलामी गर्दा सबै विदेशीले लिएका छन् । यो योजना सफल भएपछि विश्वभरबाट घर किन्ने रुची बढेको र धेरै जसो भने कलाकार, पत्रकार, लेखकहरु रहेका छन् ।

तर घर किन्नेहरुले तीन वर्षको समयसीमा भित्र घर मर्मत गरिसक्नु पर्छ । घर किन्नेमा प्रवासी इटालियनहरु समेत रहेको बिबिसीमा समाचार छ । संबुकाका उपमेयर ज्यूसेप कैसियोपोले त्यस गाउँको सौन्दर्यले धेरैलाई लोभ्याएको बताए ।

Loading...