fbpx

विश्व सैन्य खेलकूदमा २ लाख ३६ हजार स्वयमसेवक परिचालन गर्ने

चीन १५ असोज । चीनमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगितामा २ लाख ३६ हजार जना स्वयमसेवक परिचालन गरिने छ । तीमध्ये २ लाख १० हजार जना शहरी क्षेत्रमा र बाँकी २६ हजार जना खेल मैदान क्षेत्रमा परिचालित हुने छन् ।

आयोजकहरुले बुधबार दिएको जानकारीअनुसार खेलकूदका लागि चीनमा तयारी तीव्र पारिएको छ । कार्यक्रमका लागि परिचालित हुने स्वयमसेवकहरुमध्ये अधिकांश कलेजका विद्यार्थी रहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले १ सय ७८ जना विदेशी विद्यार्थी पनि सहभागी हुने बताएका छन् । यस क्षेत्रमा ८० भन्दा बढी विश्वविद्यालयमा गरी दशौँ लाखभन्दा बढी कलेज तहका विद्यार्थी रहेका छन् । स्वयमसेवकमा छनौट भएकाहरुलाई स्वयसेवकसम्बन्धी व्यावसायीक तालिम पनि दिइने आयोजकहरुले बताएका छन् ।

चीनको उहानमा यही अक्टोबर १८ देखि २७ सम्म सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता हुने तय भएअनुसार तयारी तीव्र रुपमा अगाडि बढेको हो ।

Loading...