fbpx

इराकमा सरकार विरोधी प्रदर्शन : एकको मृत्यु, २ सय घाइते

बग्दाद, १५ असोज । आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुको साथै २ सय व्यक्ति घाइते भएका इराकी प्रहरीले जनाएको छ । इराक सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ ।

जारी यस हिंसामा एक प्रदर्शनकारी मारिनुका साथै २ सय अन्य घाइते भएका विज्ञप्तिमा उल्लेख छ । घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षाकर्मी पनि छन् । घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरुको अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए ।

Loading...