fbpx

छिटो र धेरै पटक पिसाब लाग्ने समस्यालाई हटाउने घरेलु उपायहरू

विराटनगर, १५ असोज । दैनिक रूपमा पाँचदेखि छ चोटीसम्म पिसाब आएको सामान्य नै मानिन्छ । यतिसम्मको पिसाब आउँदा मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ । कुनै दिन धेरै पानी पिएको दिनमा ७ देखि १० सम्म नै हुन सक्ला । तर, १० देखि १५ चोटी आयो भने चाहिँ स्वास्थ्यलाई नै खतरा पनि हुन सक्छ ।

छिटछिटो पिसाब आउनु मिर्गौलामा समस्या भएको तथा मधुमेहको पनि लक्षण हुन सक्छ । एक दुई दिनभन्दा पनि दैनिक यस्तो समस्या परेमा तुरुन्तै चिकित्सक कहाँ गएर जँचाइहाल्नु पर्छ । यदि दिन दिने पिसाब धेरै आउँछ भने केही घरेलु उपाय अपनाउनु भयो भने पनि समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एक चम्चा महका साथ तीनदेखि चरवटा तुलसीका पात मिसाएर खाली पेटमा खाएमा समस्या समाधान हुन सक्छ । अनारको बोक्रालाई पिसेर पाँच ग्राम पानी मिसाएर पेस्ट बनाइ दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन । दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुने भएका कारण शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्दा पनि घरीघरी पिसाब आउने समस्यालाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

अलिकति गहतको दाललाई सक्खरसँग मिसाएर दिनहुँ बिहानबिहानै खाँदा पिसाबसम्बन्धी, पथरी तथा मिर्गौलासम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ । तीलको दानासँग सक्खर वा ज्वानो मिसाएर खाँदा पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ । साथै मेथीको धूलोमा सुक्खा अदूवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउने हो भने धेरै पटक आउने पिसाबको समस्या निवारण हुन सक्छ ।

Loading...