fbpx

म्यानचेष्टर सिटीलाई आपत : बर्नान्डो सिल्भालाई ६ खेलमा प्रतिबन्ध हुनसक्ने !

एजेन्सी, १५ असोज । इंग्लिस क्लब म्यानचेष्टर सिटीका स्टार खेलाडी बर्नान्डो सिल्भा कारबाहीमा परेका छन् । सामाजिक सञ्जालमा विवादास्पद पोष्ट गरेको भन्दै द फुटबल एसोसिएसन ‘एफए’ले प्रिमियर लिग विजेता सिटीका मिडफिल्डर सिल्भा कारबाही गरेको हो ।

ag

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार सिल्भालाई आफ्ना टिममेट बेन्जामिन मेन्डीविरुद्ध विवादास्पद ट्वीट गरेवापत कारबाही गरेको हो । सिल्भाले गत सेप्टेम्बर २२ मा मेन्डीविरुद्ध पोस्ट गरेका थिए । जातीय आधारमा मेन्डीको अपमान गरेको भन्दै एफएले उनीमाथि कारबाही गरेको हो ।

पोर्चुगिज स्टार सिल्भालाई एफएको नियम ‘ई३’ का अनुसार कारबाही गरिएको अन्तर्राष्ट्रिय मिडिया ‘द गार्जियन’ले जनाएको छ । खबरका अनुसार सिल्भाले अक्टोबर ९ तारिखसम्ममा यसको जवाफ दिनुपर्ने पनि जनाइएको छ । ‘एफए’ले उनीमाथि थप अनुसन्धान सुरु गरेको छ । यदि, उनी दोषी देखिएमा उनीमाथि ६ खेलको प्रतिबन्ध हुन सक्नेछन् ।

सिल्भामाथि ६ खेलको प्रतिबन्ध भएमा उनले प्रिमियर लिगका ४ खेल, च्याम्पियन्स लिगको १ खेल र फुटबल लिग कपको १ खेल गुमाउने छन् ।

Loading...