fbpx

च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानको महाभिडन्त हुँदै

विराटनगर, १५ असोज । युरोपियन च्याम्पियन्स लिगमा आज उपाधि दाबेदार टोलीद्वय बार्सिलोना र इन्टर मिलानको भिडन्त हुँदैछ । समूह चरणको दोस्रो खेलअन्तर्गत स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानबीच महाभिडन्त हुन लागेको हो ।

बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । यसअघि दुवै टोलीले बराबरी खेल्दै समान १–१ अंक बनाएका छन् । इन्टर र बार्सिलोना मात्र नभएर समूह ‘एफ’मा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरी खेल्दा इन्टरले स्लाभिया प्रहासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । समूह ‘एफ’बाट डर्टमुण्ड र स्लाभिया प्रहा पनि प्रतिस्पर्धामा छन् । यी दुईबीचको खेल भने राति १०ः४० बजेबाट स्लाभिया प्रहाकै घरमा हुनेछ ।

aa

Loading...