fbpx

सिंगापुरविरुद्ध दोस्रो जित निकाल्ने दाउमा नेपाल

विराटनगर, १५ असोज । सिंगापुरमा भइरहेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ । नेपाली समयअनुसार साँझ ५ः१५ बजेबाट सुरु हुने उक्त खेलमा नेपालले सिंगापुृरसँग भिड्न लागेको हो ।

नेपालले सिंगापुरसँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि पहिलो खेलमा भने नेपालले सिंगापुरसँग फराकिलो जित निकालेको छ । नेपाल सिंगापुरसँग ९ विकेटको फराकिलो जित निकालेको थियो । आजको खेलमा पनि नेपाल सिंगापुरविरुद्ध दोस्रो जितको खोजीमा छ ।

इन्डियन एसोसियसनको मैदानमा हुने उक्त खेलमा सिंगापुरलाई पराजित गर्दै नेपाल सिरिजको उपाधि जित्ने आशा कायम राख्न चाहन्छ । नेपाल ३ खेलबाट २ अंक जोड्दै सिरिजको अंक तालिकाको दोस्रो स्थानमा छ । जिम्बावे भने सिरिजको शीर्ष स्थानमा छ । उसँग ४ अंक छ ।

तर, सिंगापुरलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लने छ । आयोजक सिंगापुर २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यसैले सिंगापुर नेपाललाई हराउँदै सिरिजको उपाधि होड कायम राख्न चाहन्छ । सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिङ्गापुरले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Loading...