fbpx

पीएसजीको कठिन जित

विराटनगर १४ असोज । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले टर्किस क्लब गलातासारेलाई १–० ले पराजित गरेको छ । मंगलबार राती भएको खेलमा पीएसजीले गलातासारेमाथि कठिन जित निकालेको हो ।

पीएसजीले स्टर खेलाडी नेयमार, केलियन एम्बाप्पे र ईडिन्सन काभानीबिनै खेलको सुरुवात गरेको थियो । एम्बाप्पे बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान पसे । निलम्बनका कारण नेयमारले च्याम्पियन्स लिगको दोस्रोमा पनि मैदान गुमाएका हुन् । काभानी चोटले गर्दा मैदान पस्न सकेका छैनन् ।

पीएसजीको जितमा ५२ औ मिनेटमा माको ईकार्डीले गोल गरे । ईस्तानबुलमा भएको खेलमा जित निकाल्दै पीएसजीले च्याम्पियन्स लिगमा सतप्रतिशत जितको यात्रालाई कायम राखेको छ । समुह एको शीर्ष स्थानमा रहेको पीएसजले दुई खेलमा ६ अंक जोडेको छ । गलातासारे १ अंक जोड्दै तेस्रो स्थानमा छ । १ अंक नै रहेको स्पेनिस क्लब रियल मड्रिड तालिकाको पुछारमा छ ।

Loading...