fbpx

रियल र ब्रुगले अंक बाडे

विराटनगर १५ असोज । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राती सम्पन्न समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् । रियल र १० खेलाडीमा सिमित बेल्जियमको क्लब ब्रुग २ २ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

घरेलु मैदानमा पहिलो हाफमा २ ० ले पछि परेको रियलले दोस्रो हाफमा दुई गोल फर्काउँदै बराबर बनाउन सफल भयो ।

खेलको ८४ औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सिमित भयो । यो बराबरीसँगै समूह ए को रियलले पहिलो एक अंक जोडेको छ । २ खेलमा १ अंक जोडेको रियल पुछारमा छ । २ खेलमा २ अंक जोडेको ब्रुग दोस्रो स्थानमा छ ।

Loading...