fbpx

बायर्न म्युनिखको सानदार जित

विराटनगर १४ असोज । जर्मन क्लब बायर्न म्युनिखले मंगलबार रातीको खेलमा इंग्लिस क्लब टोटेनहम हस्टपरललाई फराकिलो गोल अन्तरले हराएको छ ।
बायर्नले उसकै मदानमा पुगेर टोटेनहममाथि ७–२ को फराकिलो हारको स्वाद चखाएको हो । बायर्नको फराकिलो जितको लागि सर्जी जिनाब्रीले ४ गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे । टोटेनहमका ह्युङ मिन सन र ह्यारी केनले गोल गरे ।

जितसँगै समुह ‘बी’ मा रहेको बायर्न ६ अंकसहित अंक तालिकाको शीर्षस्थानमा छ । टोटेनहमको १ अंक हुदाँ तालिकाको अन्तिममा छ । यही समूहको अर्को खेलमा सर्वियन रेड स्टार बेलग्रेडले ग्रीसको ओलम्पियाकोसलाई ३–१ ले पराजित गरेको छ । रेडस्टार ३ अंक जोडेर दोस्रो स्थानमा छ । १ अंकसहित रेडस्टार तेस्रोमा छ ।

Loading...