fbpx

युभेन्टसको सहज जित

विराटनगर १४ असोज । फरवार्ड क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुआइनले गोल गर्दा इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा जर्मन बायरमाथि सहजै जित हात पार्न सफल भएको छ । आफ्नै मैदान टुरिनमा मंगलबार रातिको खेलमा युभेन्टसले जर्मन बायर लिभरकुसेनलाई ३–० को गोल अन्तरले हरायो । खेलमा रोनाल्डो, गोन्जालो र फेडरिको बर्नाडडेस्चीले १ १ गोल गरे ।

मंलगबार रातीको खेलमा रोनाल्डोले लिभरकुसेनविरुद्ध गोल गरेपछि च्याम्पियन्स लिगमा ३३ क्लबविरुद्ध गोल गर्ने किर्तिमानपनि बनाएका छन् । रोनाल्डो एक सिजन बढी गोल गर्ने खेलाडी र सर्वाधिक ६ पटक फाइनल खेल्ने एक्ला खेलाडी हुन् ।

लिभरकुसेनविरुद्ध जित निकाल्दा समूह ‘डी’ मा युभेन्टस २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । गोल अन्तरमा स्पेनिस क्लब एट्लेटिको मड्रिड अघि रहदा युभेन्स दोश्रो भएको हो । लिभरकुसेन अंकविहीन अबस्थामा तालिकाको अन्तिममा छ ।
यही समूहको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले रसियन लोकोमोटिभ मस्कोमाथि २–० को सहज जित निकाल्यो ।

Loading...