fbpx

पत्रपत्रिकामा देश : त्यो प्रतिप्रश्न जसका कारण दिए महराले राजीनामा

विराटनगर १५ असोज । कान्तिपुर दैनिकमा सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोप र राजीनामाको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै महराको राजनीतिक भविष्य नै अन्यौलमा शिर्षक दिएर नागरिक दैनिकले समाचार छापेको छ ।

आइतबार बेलुक भएको भनिएको घटनाका विषयमा आरोप लगाउने महिला र महराको बयान बारम्बार फेरिएको कान्तिपुर दैनिकमा खबर छ । ती महिलाका अनुसार आइतबार साँझ महरा उनको डेरमा पुगेर दुर्व्यवहार गरेका थिए । उनीमाथि हातपात र लछापछार समेत गरिएको थियो । सोही क्रममा महराको चस्मा फुट्यो, ती महिलाले प्रहरी बोलाउँछु भनेपछि महरा हच्किएर कोठाबाट हतारमा निस्किए । करिब ९ बजे ती महिलाले प्रहरीलाई फोन गरिन् । पूर्वसभामुख ओनसरी घर्ती र कांग्रेसकी सांसद उमा रेग्मीलाई समेत फोनबाटै जानकारी गराइन् । सोमबार बलात्कारको प्रयास नै नभएको बताएकी ती महिलाले मंगलबार साँझ महराले आफुलाई केही पनि नभनेको र कोठामा आउँदापनि नआएको अन्र्तवार्ता एक अनलाईनलाई दिएको कान्तिपुरमा समाचार छ ।

महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीतिक भविष्य अन्यौलमा परेको नागरिक दैनिकले समाचार छापेको छ । संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले दुर्व्र्यवहारको आरोप लगाएकी थिइन् । पछि प्रधानमन्त्री केपी शर्मा ओलीले निवासमै बोलाएर छलफल गर्दा महराले महिलाको कोठा गएको स्विकार गरेपछि राजीनामा दिएर सहजिकरण गर्न प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालले सुझाव दिएका थिए । महराले उपसभामुखलाई राजीनामा बुझाएका छन् । उनले अनुसन्धान नसकिएसम्मलाई राजीनामा दिएको भएपनि कानुनी रुपमा राजीनामा दिएपछि पद रिक्त हुन्छ । सभामुखले राजीनामा दिएपछि अब संसद सचिवालयले सभामुख पद रिक्त रहेको सुचना प्रकाशन गर्ने छ ।

सगरमाथा सम्वादमा राष्ट्रसंघका महासचिवलाई निम्ता शिर्षकमा नागरिक दैनिकमा खबर छ । नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रममा भाग लिनको लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले निम्ता दिएका छन् । उनले न्युयोर्कस्थित महासचिवको कार्यालयमा भेटेर निम्ता दिएका हुन् ।

Loading...