fbpx

पत्रपत्रिकामा प्रदेश : सुनसरीमा श्रृङ्खलाबद्ध हत्या

विराटनगर १५ असोज । सुनसरीमा श्रृङ्खलाबद्ध हत्याका घटना बढ्न थालेको नागरिक पूर्वेलीमा मुख्य खबर छापिएको छ । चार महिनाको अवधिमा चार जनाको हत्या भएको छ । घटनाक्रम अनुसार ९ असारमा इनरुवा नगरपालिका ५ मा १६ वर्षे शनिदेव मण्डलको हत्या भएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले इनरुवा ५ कै वेचन भन्ने विन्देश्वर मेहता, सरितादेवी मेहता, र मञ्जूदेवी मेहतालाई पक्राउ गरेको थियो । मञ्जूदेवी पुर्पक्षको लागि कारागार चलान भएकी छिन् भने अरु दुई जना धरौटीमा छुटेका छन् । सानउ २८ गते बर्जु गाउँपालिका ५ की अनितादेवी यादवको हत्या भयो । यस्तै भोक्राहा नरसिंह ५ मा पनि भदौ ७ गते बहाव मियाँको हत्या भयो । चार महिना अघि इनरुवाकै ६० वर्षीय रतनलाल यादवको हत्या गर्ने व्यक्तिको पहिचान भएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

रिसइबीकै करण यी हत्याको घटना भएको प्रहरीले जनाएको छ । सुनसरीमा २०७५ सालको साउनदेखि २०७६ भदौसम्म २९ जनाको हत्या भएको छ । श्रृङखलाबद्ध हत्याले समाजमा असुरक्षाले पिरोलेको छ ।

प्रदेश १ योजना आयोगले मंगलबार सार्वजनिक गरेको आवधिक योजनाको समाचारलाई प्रदेश १ बाट प्रकाशित पत्रपत्रिकाले प्रमुखताका साथ छापेका छन् । उद्घोष दैनिकमा मनसुनी योजना बनाउँदैनौँ शिर्षकमा यो समाचार छापिएको छ । यस्तै नागरिक पूर्वेलीमा प्रथम आवधिक योजना सार्वजनिक शिर्षकमा समाचार छ । जनविद्रोह दैनिकले सरकारले आवधिक योजनाबाहिर खर्च नगर्ने शिर्षकमा मुख्य समाचार छापेको छ ।

ब्लाष्ट टाइम्समा बीपी प्रतिष्ठानमा सुरक्षा चुनौती सुरक्षा गार्डकै अगाडीबाट स्कुटीको चक्का चोरी शिर्षकमा मुख्य समाचार छापेको छ । आइतबार राती स्त्री तथा प्रसूति विभागमा कार्यरत डा. मौसम राईले शल्यकृया सकेर घर जाने बेलामा राखिएको स्थानमै स्कुटीको पछाडीको चक्का चोरिएको थियो । स्कुटी राखेको १ सय मिटर नजिकै सुरक्षा गार्ड बस्ने गरेका छन् । प्रतिष्ठानको हाताभित्र गार्डकै अगाडीबाट स्कुटीको चक्का खोलेर चोरी भएको घटनाले प्रतिष्ठानको सुरक्षा व्यवस्था उदांगो पारेको छ । यस्तै प्रतिष्ठान भित्र बिरामीका कुरुवाहरुको सवारी साधन र मोवाइल चोरीका घटना दिनदिनै हुने गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिकाले वृद्धभत्ता नपठाउँदा वितरणमा ढिलाई भएको समाचार कान्तिपुर दैनिकमा छ । अधिकांश रकम दशैँ पछि मात्र वितरण हुने स्थिती रहेको समाचारमा छ । दशैँ अघि नै वृद्धभत्ता आए राहत हुने जेष्ठ नागरिकहरुले बताएका छन् ।

Loading...