fbpx

जिम्बावेसँग लगातार दोश्रो हार

काठमाडौं १४ असोज । त्रिकोणात्मक टी २० सिरिजमा नेपालले जिम्बाब्वेसँग दोस्रो पटक हारेको छ । मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हरायो ।

सिंगापुरमा जिम्बाब्वेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाएको हो । विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि अरु व्याट्सम्यानहरु चल्न सकेनन् ।

नेपालको सुरुवातमै इशान पाण्डेको स्थानमा टिममा आएका पवन शरार्फले खाता नै खोल्न सकेनन् । उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि चार रनमै आउट भए । शरार्फ र ऐरी आउट हुदाँ नेपाली टिमको मात्र ५ रन थियो । पारस खड्का पनि १२ रनमा आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाइरहृयो । यस अघि पहिलो खेलमा पनि नेपालले इण्डियन एसोसिएसन क्रिकेट मैदानमै भएको खेलमा जिम्बावेसँग हार खेपेको थियो ।

Loading...