fbpx

उत्तर कोरिया–अमेरिका कार्यदलस्तरीय वार्ता हुँदै

प्योङयाङ, १४ असोज । वासिङ्टन र प्योङयाङबीच अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्न सहमती भएको उत्तर कोरियाली विदेश मन्त्रालयले जनाएको छ ।

प्रथम उप–विदेशमन्त्री चो सोन हुईले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उत्तर कोरियाली प्रतिनिधिमण्डल कार्यदलस्तरीय वार्तामा बस्न तयार भएको उल्लेख छ । मन्त्री सोन हुईले कार्यदलस्तरीय वार्ताबाट अमेरिका–उत्तर कोरिया सम्बन्ध विकासका लागि सकारात्मक गति लिने विश्वास व्यक्त गरे ।

वासिङ्टन–प्योङयाङबीच कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरणका लागि गत बर्षदेखि शुरू भई यसै बर्षको फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ताबाट सम्झौताका लागि कुनै प्रगति नभएपछि वार्ता प्रक्रिया अवरूद्ध हुदैँ आएको छ ।

Loading...