fbpx

समृद्ध राष्ट्र बनाउन एक जुट हुनु पर्छ : मुख्यमन्त्री राई

विराटनगर १४ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध राष्ट्र निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घले मंगलबार विराटनगरमा बडादशैँ, दीपावली र छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उउले चाडपर्वले अनेकतामा एकता ल्याएको बताए ।

मुख्यमन्त्री राईले देश शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढेको भन्दै सुशासन, विकास र राजनीतिक स्थिरता कायम गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने बताएका हुन् । निजी क्षेत्रको लगानी बढाउन प्रदेश सरकारले प्रदेशभर सार्वजनिक जग्गाको खोजी गरिरहेको समेत उनले जानकारी दिए ।

सार्वजनिक जग्गाको उपयोग गर्न प्रदेश सरकारले दीर्घकालीन योजना बनाएर उद्योग स्थापनामा जोड दिँदै आएको मुख्यमन्त्री राईको भनाई छ । मुख्यमन्त्री राईले सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने वातावरण बनाउन प्रतिबद्धता व्यक्त गरे । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले चाडपर्वले उद्योगी एवम् व्यापारीको ऊर्जा बढाउन प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरे ।

Loading...