fbpx

विराट एक्सपो माघमा

विराटनगर १४ असोज । उद्योग संगठन मोरङले माघ अन्तिममा विराट एक्सपोको आयोजना गर्ने भएको छ । संगठनले मंगलबार पत्रकार सम्मेल आयोजना गरेर आउँदो माघ २७ देखि फागुन ४ गते सम्म एक्सपो आयोजना गर्ने जनाएको छ ।

कृषि तथा औद्योगीक प्रदर्शनीमा नेपाली उत्पदनका साथै विदेशी उत्पादनलाई समेत प्रथमिकता दिइने एक्सपोका संयोजक भोलेश्वर दुलालले बताए । प्रदर्शनीबाट औद्योगीक बजारको प्रवद्र्धन, औद्योगिक क्षेत्रको सूचना प्रवाहका साथै नयाँ प्रविधि र उत्पदनबारे उपभोक्तालाई जानकारी हुने उनको भनाई छ ।

एक्सपोले उत्पादक र उपभोक्तको विचमा सेतुको रुपमा काम गर्ने उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए ।
प्रदर्शनीमा ३ सय १५ स्टल रहने आयोजकले जनाएको छ । प्रति स्टलको मुल्य ३० हजार तोकिएको छ । त्यसैगरी कृषी, घरेलु, कुटीर र जडिबुटिको लागी १० हजार रुपैयाँ तोकिएको छ । अटो मोबाइलको लागी ५० हजार छ भने फुड स्टलको लागी १ लाख रुपैयाँ तोकिएको छ ।

प्रवेश शुल्क ५० रुपैयाँ कायम गरिएको छ । विद्यार्थीलाई २५ रुपैयाँ र जेष्ठ नागरीकलाई प्रवेश निशुल्क गरिएको छ । एक्सापोको सहयोगी संस्थाको रुपमा मोरङ व्यापार संघ, सह आयोजकमा नेपाल पर्यटन बोर्ड, प्रदेश १ सरकार र विराटनगर महानगरपालिका रहेका छन् । आयोजकमा १३ वटा विभिन्न संस्था रहेका छन् । एक्सपो विराटनगर २ शंकरपुर मार्गमा हुने छ ।

Loading...