fbpx

काममा तनाव लिनाले निम्तिन सक्छ मुटुको रोग

विराटनगर, १४ असोज । कार्यालयका कामको चाप हुनुलाई सामान्य नै मानिने गरिन्छ । तर, कार्यालयमा कामको चापभन्दा पनि तनाव बढी छ भने चाहिँ विचार पुर्याउन आवश्यक देखिन्छ । दिनहुँ कामका कारणले हुने तनाव मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खतरनाक बन्न सक्छ ।

कामबाट बिदा लिएर छुट्टी मनाउनेहरूमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम भेटिएको मनोविज्ञान र स्वास्थ्यसम्बन्धी अमेरिकाको अध्ययनमा उल्लेख गरिएको छ । तर, दैनिक रूपमा कामको तनावमा लिने र छुट्टि पनि नपाउने व्यक्तिहरूलाई मोनोबोलिक सिन्ड्रोमको लक्षणहरू भेटिएको छ ।

मोनेबोलिक सिन्ड्रोमका कारण मुटु रोगको समेत जोखिम हुन सक्छ । अध्ययन प्रतिवेदनमा भनिएअनुसार जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, उक्त मानिसमा हृदयघातको सम्भावना पनि कम हुन्छ । किनकि, तनाव कम भएका कारण मेटाबोलिकसम्बन्धी लक्षणहरू परिवर्तन गर्न या नियन्त्रण गर्न सकिन्छ ।

कामका साथ साथै करिब ७५ प्रतिशत कामदारहरूको डिप्रेसनको मुख्य कारण उनीहरूको हाकिम हुने गरेको क्वार्टर म्यागेजिनमा प्रकाशित भएको एक अनुसन्धानमा उल्लेख गरिएको छ । त्यसैले विचार गरेर आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिएर तनाव कम गर्नुपर्छ । अफिसबाट लिइने यस्ता छुट्टीले तनावबाट मुक्तिमात्रै नभएर मुटुको रोग लाग्ने खतरा पनि निकै कम हुने गर्छ ।

छुट्टि लिँदा कामबाट अलिक फ्री हुने हुँदा दिमाग फ्रेस भएर काम पनि राम्रोसंग गर्न सकिने हुन्छ । त्यसैले महिनामा दुईदेखि तीन दिन लिइएको छुट्टीले मेटाबलिकसम्बन्धी लक्षण कम गरेर मुटुको रोग लाग्ने खतराबाट बचाउने गर्छ ।

Loading...