fbpx

राष्ट्रिय नवदुर्गा सम्मानबाट दीपाश्री र स्वस्तिमासहति ९ अभिनेत्री सम्मानित

काठमाडौं, १४ असोज । नेपाली चलचित्रकी प्रथम अभिनेत्रीदेखि अहिलेका युवा पुस्तामाझ चल्तीमा रहेका नौ अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मान गरिएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरू भुवन चन्द तथा वसुन्धरा भुसालका साथ गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइँटेल र स्वस्तिमा खड्कालाई सम्मान गरिएको हो ।

af

सोमबारका दिन राष्ट्रिय नाँचघर जमलमा आयोजित गरिएको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अभिनेत्रीहरूलाई सम्मान पत्र प्रदान गरेका हुन् । विशिष्टलाई कदर तथा नयाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा एकै मञ्चमा सिनेक्षेत्रमा रहेका विभिन्न समयसँग चर्चामा आएका यी नौ अभिनेत्रीहरूलाई सम्मानित गरिएको आयोजकले बताएको छ ।

राष्ट्रिय नवदुर्गा सम्मानसहित वृहत् सांस्कृतिक कार्यक्रमसमेत राखिएको थियो । कार्यक्रमलाई आकर्षक र दर्शकहरूलाई अल्छी महशूस नहोस् भनेर रेजिना फिल्मस् प्रालि र सहिद फिल्मस् प्रालिले आयोजना गरेको कार्यक्रममा अञ्जली अधिकारी, यसराज गराज, नरेशवीर सिंह, निराजन प्रधान, पवित्रा आचार्यलगायतका कलाकारको सांस्कृतिक प्रस्तुतिहरू रहेको थियो । कोरियोग्राफिर गजित विष्ट र गम्भीर विष्टले सँगै नृत्य गरेका थिए भने कार्यक्रममा गायक आनन्द कार्कीले आफ्ना पुराना लोकप्रिय गीतहरू समेत गाए ।

Loading...