fbpx

ग्रिजम्यान अनुबन्धको विषयलाई लिएर बार्सिलोनासँग खुशी छैनन् मेस्सी !

एजेन्सी, १४ असोज । स्पेनका पत्रकार लुइस क्यानटले बार्सिलोनाका कप्तान लियोनल मेस्सी एन्टोइन ग्रिजम्यानको सरुवाको विषयमा खुशी नभएको बताएका छन् । ६२ वर्षीय पत्रकार क्यानटका अनुसार बार्सिलोनाले आफ्नो तलब बढुवा नगरी ग्रिजम्यानलाई भित्र्याएपछि मेस्सी निराश भएका हुन् ।

jj

बार्सिलोनाले मेस्सीको तलबको विषयमा क्लबसँग रकम नभएको बताएको र ग्रिजम्यानलाई क्लबमा अनुबन्ध गर्ने घोषणा गरेपछि मेस्सी निराश भएको पत्रकार क्यानटको दाबी छ । उनका अनुसार मेस्सी र उनका पिताले बार्सिलोनासँग तबलको विषयमा बार्सिलोनासँग कुरा राखेका थिए । तलब बढाउन बार्सिलोनासँग प्रस्ताव राख्दा बार्सिलोनाले अहिले क्लबको बैंक खातामा पैसा नभएको जनाएको थियो ।

तलब बढाउन पैसा नभएको भन्ने क्लबले एक्कासी ग्रिजम्यानलाई १ सय २० मिलियन युरो खर्चिएर किन्दा मेस्सी दुखी भएको पत्रकार क्यानटको ठहर छ । बार्सिलोनाले ग्रिजम्यानलाई यसै सिजन प्रतिद्वन्द्वी क्लब एथ्लेटिको मड्रिडबाट १ सय २० मिलियन युरो खर्चिएर क्लबमा भित्र्याएको थियो । महंगो रकममा बार्सिलोना आएका फ्रेन्च स्टार ग्रिजम्यानले अहिले मेस्सीसँगै खेलिरहेका छन् ।

मेस्सी पनि ग्रिजम्यान आइकन कमै मात्रामा मैदानमा देखिएका छन् । ला लिगामा २ खेल मात्र खेलेका मेस्सी यो सिजन प्रायः घाइते अवस्थामा नै छन् । तर, ग्रिजम्यानले भने बार्सिलोनाका प्रायः खेल खेलेका छन् । ग्रिजम्यानले ७ खेल खेल्दा ३ गोल र २ असिस्ट गरेका छन् ।

Loading...