fbpx

प्लास्टिकको बोतलको पानी पिउनु हानिकारक !

विराटनगर, १४ असोज । आजकल रंगीबिरंगी प्लास्टिकको बोतलमा पानी पिउने चलन अधिक हुँदै गएको छ । प्लास्टिकको बोतलको पानी पिउँदा ज्यान जान सक्ने खतरा हुन सक्ने विभिन्न अध्ययनले पत्ता लगाइसकेको छ । धेरैजसो प्लास्टिकको बोतलमा एक पटक पानी पिसकेपछि फेरि–फेरि त्यसमा सेवन नगर्न आग्रहसमेत गरेको हुन्छ ।

न्यूयोर्क यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यस विषयमा गरेको अनुसन्धानका अनुसार प्लास्टिकको बोतलमा ईडीसी अर्थात् इंडोक्राइन डिस्सरटेटिङ केमिकलजस्तो खतरनाक रसायन हुने पाइएको छ । जसले मानिसको शरीरमा प्रवेश गर्ने बित्तिकै सिधै हर्माेनल प्रणालीमा नोक्सान पुर्याउने गर्दछ ।

अमेरिकाका वैज्ञानिकहरूका अनुसार केबल अमेरिकामा मात्र ईडीसी रसायनका कारण बिमारी भएका व्यक्तिलाई बचाउनका लागि २३ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । वैज्ञानिकहरूले अनुसन्धानका आधारमा प्लास्टिकको बोतलमा पानी पिउँदा अटिज्म, मधुमेह तथा क्यान्सर जस्ता कयौँ खतरनाक रोग लाग्न सक्ने सम्भावना बढ्ने गरेको भनेका छन् ।

प्लास्टिकको बोतलमा पानी पिउँदा सुरुमा पेट पोल्ने समस्याको सिर्जना हुन सक्छ । यसले पाचन क्रियामा प्रत्यक्ष प्रभाव पार्ने हुँदा शरीरमा विभिन्न प्रकारका रोग लाग्ने सम्भावना बढेर जान्छ । प्लास्टिकको बोतलमा नियमित पानी पिउने गर्दा शरीरमा फ्याट सेल्स बढ्ने गर्दछ र मोटोपनको समस्या निम्तिन सक्छ । प्लास्टिकको बोतल बनाउनका लागि प्रयोग गरिने रसायनले दिमागलाई कमजोर बनाउन सक्छ ।

यसले स्मरण शक्तिलाई बिस्तारै–बिस्तारै कमजोर पार्दै बिर्सिने रोगसमेत निम्त्याउन सक्छ । गर्भावस्थामा गर्भवती महिलामा प्रोटेस्ट क्यान्सर र ब्रेस्ट क्यान्सरको खतरासमेत हुन सक्छ । प्लास्टिक स्वास्थ्यका लागि साथसाथै बातावरणको लागि समेत एकदम हानिकारक हुने गर्छ । वातावरणमा प्लास्टिक सजिलै रिसाइकल नहुने हुँदा यसले वातावरणमा प्रदूषण गर्ने गर्छ । त्यसैले प्लास्टिकको बोतलमा पानी पिउँदा एकदेखि दुई पटकभन्दा धेरै पटक प्रयोग गर्नु हुँदैन ।

Loading...