fbpx

म सधैं ‘नम्बर वान’ बन्न चाहान्छु : रोनाल्डो

एजेन्सी, १४ असोज । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू सधैं नम्बर वान बन्न चाहने बताएका छन् । आफूलाई दोस्रो र तेस्रो मन नपर्ने बताउँदै इटालियन क्लब युभेन्टसका स्टार रोनाल्डोले आफू सधैं नम्बर वान बन्न चाहेको बताएको हुन् ।

aa

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले पाँचैपल्ट च्याम्पियन्स लिगको उपाधि जितेका छन् । अघिल्लो सिजन मात्र इटालीको च्याम्पियन क्लब युभेन्टस आएका उनी इटालियन क्लबबाट पनि च्याम्पियन्स लिग जित्ने योजनामा छन् । तीन फरक राष्ट्रबाट घरेलु लिग जितेका उनले ‘स्पोर्ट्स बाइबल’सँगको अन्तर्वार्ताको क्रममा आफू सधैं पहिलो बन्न चाहेको बताए ।

३४ वर्षीय रोनाल्डोले भने, ‘फुटबलभन्दा बाहिर म केही होइन । तर, फुटबलभित्र पनि म त्यस्तो व्यक्ति हुँ जो दोस्रो नम्बर र तेस्रो नम्बर रुचाउँदैन । म सधैं नम्बर वान बन्न चाहान्छु । र, शतप्रतिशत पहिलो बन्नेछु ।’

आफ्नो राष्ट्र पोर्चुगललाई २ वटा उपाधि जिताएका रोनाल्डोले आफूलाई फुटबल क्षेत्र धेरै मन पर्ने र आफ्ना समर्थकलाई मनोरञ्जन दिँदा आनन्द महशूस हुने बताए । उनले भने, ‘म अझैसम्म फुटबललाई माया गर्छु । मेरा फ्यानलाई मनोरञ्जन दिँदा मलाई औधी आनन्द महशूस हुन्छ । यसमा उमेरको कुनै सीमा हुँदैन ।’

‘पछिल्ला पाँच वर्षयता मैले फुटबलभन्दा बाहिरको संसारका बारेमा पनि बुझ्न थालेको छु,’ उनले थपे, ‘आउँदो वर्षमा वा अबको २ वर्षपछि के हुन्छ कसलाई थाहा हुन्छ र ? मैले आफूलाई बुझेको छु, मलाई थाहा छ म के गर्न सक्छु भनेर ।’

Loading...