fbpx

दसैंको पूर्वसन्ध्यामा सुनको भाउ घट्यो

विराटनगर, १४ असोज । दसैँको पूर्वसन्ध्यामा सुनको भाउ घटेको छ । छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो दुई–तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ । रासस

Loading...