fbpx

जर्जिना रोड्रिग्वेजले खुलाइन् रोनाल्डोसँग अहिलेसम्म विवाह नगर्नुको कारण !

एजेन्सी, १४ असोज । चर्चित मोडल जर्जिना रोड्रिग्वेजले प्रेमी तथा पोचुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग अहिलेसम्म विवाह नगर्नुको कारण खुलाएकी छन् । मिडियासँगको ‘च्याट शो’का क्रममा २५ वर्षीय जर्जिनाले युभेन्टसका सुपरस्टार खेलाडी रोनाल्डोसँग विवाह नगर्नुको कारणबारे बोलेकी हुन् ।

p[]

अहिले रोनाल्डो र जर्जिना एकसाथ बसिरहेका छन् । उनीहरूका चार सन्तान पनि छन् । तर, उनीहरूले हालसम्म विवाह गरेका छैनन् । केही समयअघि अन्तर्वार्ताका क्रममा रोनाल्डोले चाँडै नै प्रेमीकासँग घरजम बसाल्ने बताएका थिए । तर, जर्जिनाले भने आफूहरूको धेरै भावि योजना रहेका कारण अहिलेसम्म विवाह नगरेको खुलाइन् ।

उनले ‘या एस मिडिया’सँगको च्याट शोमा भनिन्, ‘म सुरुबाट नै एक सुखी महिला बन्न चाहान्थेँ र आफ्ना श्रीमान र सन्तानसँग बस्न चाहान्थेँ । र, अहिले त्यस्तै भएको छ । मसँग सन्तान छन् धेरै माया र ध्यान राख्ने श्रीमान् छन् । म पनि उनलाई त्यत्तिकै माया गर्छु र उनको ध्यान राख्छु । उनी धेरै राम्रा व्यक्तित्त्व हुन् ।’

यस्तै उनले रोनाल्डोसँग जीवन बिताउन पाउँदा आफू धेरै खुशी भएको बताइन् । उनले भनिन्, ‘उनीसँग जीवन कटाउन पाउँदा म ज्यादै खुशी छु । हामीले अहिलेसम्म विवाह नगर्नुको कारण भनेको भविष्यका सुनौंला योजनाहरू हुन् । विवाह गर्ने हाम्रो योजना छ तर अहिलेका लागि हामीसँग धेरै भावी योजनाहरू छन्, जो हाम्रो इच्छाका क्षेत्रभित्र पर्छन् । हाम्रा ४ सन्तान् छन् जसलाई पढाउने हाम्रो पहिलो लक्ष्य छ ।’

Loading...