fbpx

च्याम्पियन्स लिग : पहिलो जितको खोजीमा युभेन्टस, जर्मन क्लब बायरसँग भिड्दै

एजेन्सी, १४ असोज । युरोपकै सबैभन्दा ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज इटालियन च्याम्पियन्स क्लब युभेन्टसले जर्मन क्लब बायर लिभररकुसेनसँग खेल्दैछ । समूह चरणको दोस्रो राउण्डअन्तर्गत सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसले जर्मन बुन्डेसलिगा क्लब बायरसँग खेल्न लागेको हो ।

यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट युभेन्टसकै घरेलु मैदानमा हुनेछ । समूह ‘डी’ मा रहेको युभेन्टस आज पहिलो जितेको खोजीमा छ । उसले १ खेलबाट १ अंक मात्र बनाएको छ । समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेल्दै उसले १ अंक बनाएको हो ।

आजको खेलमा समूह ‘डी’को दोस्रो स्थानको युभेन्टस पाहुना टोली बायरविरुद्ध स्पष्ट जित निकाल्दै ४ अंक बनाउने दाउमा छ । यता, युभेन्टसको आजको प्रतिद्वन्द्वी बायर पनि आज पहिलो जितको खोजीमा नै छ । समूह ‘८’ को पुछारमा रहेको ऊ अंकबिहीन छ । उक्त समूहको शीर्ष स्थानमा लोकोमोटिभ मस्को छ भने तेस्रो स्थानमा एथ्लेटिको मड्रिड छ । समूह ‘डी’ कै एथ्लेटिको र लोकोमोटिभले पनि आजै हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

च्याम्पियन्स लिग : आज हुँदैछन् यी ८ खेलहरू, युभेन्टस र रियल मड्रिड पनि प्रतिस्पर्धामा

Loading...