fbpx

८ देखि ९ घण्टा बसेर काम गर्ने महिलाहरू मोटोपनको सिकार

विराटनगर, १४ असोज । मोटोपन धेरैजसो मानिसहरूको समस्या बनिसकेको छ । शरीरको तौललाई नियन्त्रण गर्नका लागि विभिन्न प्रयासहरू गर्दासमेत असफल भएर धेरै मानिसहरू तनाव तथा चिन्तामा रहेको पनि धेरै उदाहरणहरू पाइन्छ । मोटोपनको मुख्य कारण भनेको स्वस्थबद्र्धक खाना समयमा नखानु, धेरै खानु, साथै लामो समयसम्म एकै ठाउँमा बसिरहनु पनि हो । पुरुषका तुलनामा सहरमा रहने २५ देखि ५० वर्षको उमेरका ७५ प्रतिशत कामकाजी महिलाहरू मोटा रहेको एक अध्ययनले देखाएको छ ।

अफिसमा अधिक महिलाहरूले आफूहरू ८ देखि ९ घण्टासम्म लगातार कम्प्युटरहरूमा काम गर्ने गरेका छन् । उनीहरू त्यो समयावधिभरिमा मुस्किलले दुईदेखि ३ पटक मात्रै आफ्नो कुर्सीबाट उठ्ने गरेको देखिन्छ । त्यो पनि टोइलेट तथा क्यान्टिनमा गएर चिया, कफी र खाजा लिनको लागि मात्रै । कामको प्रकृति र त्यसको असरले गर्दासमेत महिलाहरू मोटोपनको सिकार बनिरहेको उनीहरूलाई पत्तो नै हुँदैन र उनीहरू आफ्नो खानालाई दोष दिइरहेका हुन्छन् ।

विभिन्न सहरहरू र केही औद्योगिक क्षेत्रमा काम गरिरहेका महिलाहरूको कार्यशैली र उनीहकारूे खानपिनको बारेमा सर्वेक्षण तथा अध्ययन गरिएको थियो । उक्त अध्ययनका अनुसार उत्पादनसँग जोडिएको क्षेत्रमा काम गर्ने मानिसको तुलनामा सेवा क्षेत्रमा काम गर्ने मानिसहरू धेरै अल्छी हुने गरेका छन् । मोटोपनले स्वास्थ्यमा अन्य रोगहरू समेत निम्त्याउने गर्छ । उक्त अध्ययनले प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरू साताको अन्त्यको दिन ज्यादा सुस्त देखिने कुरालाई समेत पुस्टि गरिएको छ ।

सेवा क्षेत्रका अर्थात् अफिसमा घन्टौं कुर्सीमा बसेर काम गर्ने अधिकांश कर्मचारीहरू फिट पनि नरहेको र यसका कारण उनीहरूको काममा समेत नकारात्मक असर पर्ने गरेको देखाएको छ । मोटोपनलाई नियन्त्रण गर्नुका साथै शरीरका विभिन्न समस्याहरूबाट मुक्ति पाउनका लागि नियमित अफिसमै पनि केही समय निकालेर अभ्यास एवं शारीरिक गतिविधिहरू गर्न सकिन्छ । एकछिन समय निकालेर हिँड्ने, अफिसको कम्पाउण्डमा टहलने, अफिसमै कुर्सीमा बसी–बसी योगसमेत गर्न सकिने चिकित्सकहरूको सुझाव रहेको छ ।

Loading...