fbpx

च्याम्पियन्स लिग : आज हुँदैछन् यी ८ खेलहरू, युभेन्टस र रियल मड्रिड पनि प्रतिस्पर्धामा

विराटनगर, १४ असोज । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत आज ८ खेलहरू हुँदैछन् । समूह चरणअन्तर्गत दोस्रो राउण्डका खेलअन्तर्गत आज १६ वटा टोलीलहरूले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

aa

आजको खेलमा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीका साथै इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस, फ्रेन्च लिग वान च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन, जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख र ला लिगाको सफल टोली रियल मड्रिड प्रतिस्पर्धामा छन् ।

आजको पहिलो खेलमा एटलान्टा शख्तर डोनेस्कले खेल्नेछन् । नेपाली समयअनुसार राति १०ः४० बजेबाट सुरु हुने उक्त खेल एटलान्टाको घरेलु मैदानमा हुनेछ । यस्तै राति १०ः४० बजेबाट नै हुने अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडले क्लब बर्जसँग खेल्नेछ । यो खेल रियलकै घरेलु मैदान बर्नाबेऊमा हुनेछ ।

यसैगरी आजको तेस्रो खेलमा अघिल्लो सिजनको प्रिमियर लिग विजेता म्यानचेष्टर सिटी र डाइनामो जाग्रेबले खेल्नेछन् । सिटीको घरेलु मैदानमा हुने उक्त खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । सोही समय क्रेभेना जाभेज्दा र ओलम्पियाकसले खेल्नेछन् ।

आजको पाँचौं खेलमा ला लिगाको उपविजेता एथ्लेटिको मड्रिडले लोकोमोटिभ मस्कोसँग खेल्नेछ । मस्कोको मैदानमा हुने उक्त खेल पनि राति १२ः४५ बजेबाट नै सुरु हुनेछ । यस्तै प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर र बुन्डेस लिगा च्याम्पियन क्लब बायर्न म्युनिख पनि सोही समयबाट सुरु हुने अर्को खेलमा भिड्दैछन् । बायर्न र टोटनह्यामबीचको खेल भने टोटनह्यामकै घरेलु मैदानमा हुनेछ ।

आजको सातौं खेलमा इटालियन च्याम्पियन क्लब युभेन्टसले र बायरसँग खेल्दैछ । युभेन्टसकै घरेलु मैदानमा हुने उक्त खेल पनि राति १२ः४५ बजेबाट नै हुनेछ । सोही समयमा फ्रान्सको च्याम्पियन क्लब पीएसजी र गालातासरेले खेल्नेछन् । यो खेल पीएसजीकै मैदानमा हुनेछ ।

आज हुने खेलहरूः

  1. एटलान्टा भर्सेस शख्तर डोनेस्क– राति १०ः४० बजे
  2. रियल मड्रिड भर्सेस क्लब बर्ज– राति १०ः४० बजे
  3. म्यानचेष्टर सिटी भर्सेस डाइनामो जाग्रेब– राति १२ः४५ बजे
  4. क्रेभेना जेभेज्दा भर्सेस ओलम्पियाकस– राति १२ः४५ बजे
  5. लोकोमोटिभ मस्को भर्सेस एथ्लेटिको मड्रिड – राति १२ः४५ बजे
  6. टोटनह्याम भर्सेस बायर्न– राति १२ः४५ बजे
  7. युभेन्टस भर्सेस बायर – राति १२ः४५ बजे
  8. पीएसजी भर्सेस गालातासरे – राति १२ः४५ बजे
Loading...