fbpx

‘च च हुई’ को ‘जवानी’ गीतमा आर्यन र एलिशाको आइटम (भिडियोसहित)

विराटनगर, १४ असोज । चर्चित अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म ‘च च हुई’ को आइटम गीत सार्वजनिक भएको छ । दसैंको घटस्थापनाको शुभ अवसरमा गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा समावेश गरिएको ‘जवानी’ बोलको गीतमा आर्यनका साथ अभिनेत्री तथा अहिलेकी चर्चित मोडल एलिशा शर्माको प्रस्तुति रहेको छ । गीतको भिडियोमा बोल्ड अवतारमा रहेकी एलिशाको जवानी देखेर आर्यन लोभिएको देखिन्छन् । गीतमा फिल्मका निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको छ भने, रोशन थापाको संगीत र रोशनलाई गायनमा सुमन गुरुङले साथ दिएकी छन् ।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतलाई बालाजुस्थित एनएफडिसीमा भब्य सेट निर्माण गरेर खिचिएको हो । फिल्ममा कथावाचनको रूपमा गीतलाई प्रयोग गरिएको निदेशक साम्तेनले बताएका हुन् । आर्यनले विदेशबाट देश राष्ट्रियता सम्झेर देश फर्किने युवाको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा आर्यनकाका साथ मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा रहेर अमृत घोले लामाले निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकन रहेको यस फिल्मलाई नेपालका साथै हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा छायांकन गरिएको छ । सिजन दाहाल र सन्देश अर्यालको कथामा निर्माण भएको यस फिल्मको गीतमा राजनराज शिवाकोटी र रोशन थापाले संगीत भरेका छन् । फिल्म ६ मङ्सिरबाट प्रदर्शनमा आउने पक्का भएको छ ।

Loading...