fbpx

नेकपा सचिवालय बैठकमा महरामाथि लागेको आरोपबारे छलफल हुने

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल हुने बताइएको छ । महरामाथि लागेको आरोपबारे छलफल गर्न बैठक डाकिएको जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा त्योबाहेक पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गरिने जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार केही समयअघि बैठक सुरु भएको छ ।

महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन् । तर, सभामुख महराले भने आरोप अस्वीकार गरेका छन् ।

Loading...