fbpx

अष्ट्रेलियासँग खेल्ने नेपाली टोली घोषणा, को–को परे ?

विराटनगर, १४ असोज । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको हो ।

यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।

ag

यस्तो छ नेपाली टोलीः

गोलकिपर– किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर– सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर– सुनील बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द
फरवार्ड- विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

Loading...