fbpx

जिम्बावेसँग बदला लिने दाउमा नेपाल

विराटनगर, १४ असोज । सिंगापुरमा भइरहेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले आज तेस्रो खेल खेल्दैछ । नेपाली समयअनुसार साँझ ५ः१५ बजेबाट सुरु हुने उक्त खेलमा नेपालले जिम्बावेसँग भिड्न लागेको हो ।

नेपालले जिम्बावेसँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि पहिलो खेलमा भने नेपालले जिम्बावेसँग हार ब्यहोरिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो । सिंगापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जिम्बावेसँग बदला लिने दाउमा छ ।

यस्तै नेपाल आजको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ । दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिंगापुरलाई नौ विकेटले पराजित गरेको थियो । सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाकल, जिम्बावे र आयोजक सिङ्गापुरले समान दुई–दुई अङ्क जोडेका छन् ।

जिम्बावे पनि आफ्नो दोस्रो खेलमा सिङ्गापुरसँग पराजित थियो । सिंगापुरले जिम्बावेलाई चार रनले पराजित गरेको हो । अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ । जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Loading...