fbpx

समर्थकले गर्व गर्नेछन् : हाजार्ड

विराटनगर १४ असोज । चोटको कारण रियल मड्रिड आएदेखि नै सोचेजस्तो प्रदर्शन गर्न नसकेका फरवार्ड इडन हाजार्डले उच्च प्रदर्शनको लागि तयार भएको बताएका छन् ।

उनले अहिले आफु पूर्ण रुपमा फिट भएको भन्दै उच्च प्रदर्शनको लागि तयार भएको बताएका हुन् । यसै सिजनमा चेल्सीबाट १ सय ३० मिलियन पाउण्डमा रियल आएका उनले कुनै खेलमा प्रभाव पार्न सकेका छैनन् । प्रशिक्षक जिनेदिन जिदानसँग प्रि म्याच कन्फ्रेन्समा आएका उनले आफ अब फिट भएको बताउँदै खेलका विषयलाई लिएर गरिने आलोचनाले केही फरक नपार्ने बताए ।

उनले आफू शतप्रतिशत ठिक भएको भन्दै बाँकी खेल राम्रो हुनेमा आशावादी रहेको बताए । हाजार्डले आफुलाई प्रमाणित गर्ने बेला आएको भन्दै समर्थकले गर्व गर्ने गरि खेल देखाउने बताएका हुन् । हाजार्ड रियल पुगेपछि समर्थकले उच्च अपेक्षा राखेको भएपनि अहिलेसम्म खेलमा जम्न नसक्दा आलोचना बढेको छ ।

Loading...